default_image

2 years ago

September 22, 2022

दुई कप्तान टोलीमै परेनन्

212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको पछिल्ला दुई कप्तान बंगलादेशविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि घोषित टोलीमा परेका छैनन् ।

राष्ट्रिय टोलीले एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत कुवेतमा तीन खेल खेलेको थियो । उक्त खेलमा कुवेतविरुद्ध नवयुग श्रेष्ठ र इन्डोनेसियाविरुद्ध पुजन उपरकोटीले नेपाली टोलीको कप्तानी गरेका थिए । तर यसपटक मैत्रीपूर्ण खेलका लागि घोषित २३ सदस्यीय अन्तिम टोलीमा दुवै खेलाडी पर्न सकेनन् ।

हाल कार्यवाहक प्रशिक्षकको जिम्मेवारी पाएका प्रदीप हुमागाईंले पुजनलाई दोस्रो चरणको छनोटबाट नै बाहिर राखेका थिए । नेपालका लागि पछिल्लो ५ खेलमा सुरुवात गरेका पुजनले सन् २०२१ यता मिडफिल्डमा सबैभन्दा धेरै समय मैदानमा बिताएका छन् । तर कुनै चोटको समस्या नरहेका पुजनलाई प्रशिक्षक हुमागाईले ३० सदस्यीय टोलीमा नै राखेनन् ।

विहीबार २३ सदस्यीय अन्तिम टोली घोषणा गर्दा उनले अर्का कप्तान नवयुग श्रेष्ठलाई पनि टोलीबाट बाहिर राखे । उनले घोषणा गरेको टोलीमा नम्बर ९ फरवार्ड अर्थात् मुख्य फरवार्डको भूमिकामा खेल्ने विमल घर्तीमगर मात्र छन् । टोलीमा ४ गोलरक्षक समावेश गर्दा नवयुग अन्तिम टोलीमै पर्न सकेनन् । प्रशिक्षक हुमागाईले अन्तिम छनोटको रुपमा एपिएफविरुद्ध विहीबार विहान खेलिएको मैत्रीपूर्ण खेलमा नवयुगलाई अवसर नै दिएका थिएनन् ।

हुमागाईले ३० सदस्यीय टोलीबाट नवयुगसँगै सुनिल बल, आवास लामिछाने, संजोक राई, अभिषेक रिजाल, भरत खवास र आयुष घलान अन्तिम टोलीमा समेटेनन् । अभिषेक, भरत, संजोक र नवयुग सबैले क्लब फुटबलमा नम्बर ९ को भूमिका निर्वाह गर्दै आएका छन् । ३० जनामा ५ फरवार्ड राखेका हुमागाईले अन्तिम टोलीमा भने १ फरवार्ड मात्र समावेश गरेका छन् ।

हुमागाईले प्रशिक्षणका दौरान किरणबाहेकका तीनै गोलरक्षक एकै समय बाहिर हुँदा ४ गोलरक्षक अन्तिम टोलीमा राखेको बताए । उनले चोटका कारण जोखिम लिन नसकेको बताए । किरण खेलका लागि आउने पक्काजस्तै भएको उनको भनाइ थियो ।

खेलाडी र प्रशिक्षक अब्दुल्लाह अलमुताइरी विवादपछि नवयुग र पुजनलाई पूर्व प्रशिक्षक अलमुताइरीले एसियन कप छनोटमा कप्तानीको जिम्मेवारी दिएका थिए । विवादलाई नै मध्यनजर गर्दै टोली छनोट भएको हो भन्ने प्रश्नमा प्रशिक्षक हुमागाईले आफूलाई विवादबारे केही थाहा नभएको बताए ।

‘मलाई थाहा नै भएन । पहिला के-के भएको थियो । प्रशिक्षणको दौरान पहिला के भयो भन्ने कुराले खासै असर गर्दैन,’ उनले भने ।

‘पहिला विवाद भएका ११ खेलाडी को हुन् भन्ने थाहा छैन । को थियो को थिएन भन्ने मलाई थाहा छैन । अहिले मलाई को पर्यो र को परेन भन्दापनि समग्रमा टिममा खेलाडी एक समान छन् । मलाई अहिले को ११ मा पर्छ भन्ने कुनै दबाब छैन । त्यो विषय नै थाहा छैन,’ हुमागाईले थपे ।

प्रशिक्षक हुमागाईसँग टोली घोषणा

बंगलादेश विरुद्ध खेलका लागि २३ सदस्यीय टोली :

गोलरक्षक: किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेण्डर: रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दीनेश राजवंशी, सुमन अर्याल, रन्जित धिमाल

मिडफिल्डर: सुदिप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्यु ठकुरी, एरिक विष्ट

फरवार्ड: विमल घर्ती मगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी र आशिष चौधरी

यो पनि हेर्नुहोस :

January 18, 2025

राइजिङ भरतपुर गोल्डकप फुटबल हुँदै

सुशील पन्त क्षेत्री,चितवन राइजिङ भरतपुर गोल्ड कप फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको छ। चितवन ११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता माघ १२ गते सुरु हुने शनिवार रिसोर्ट मिसन सफलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी हुने […]

January 18, 2025

बागलुङ प्रहरीलाई स्मृति कप फुटबल उपाधि

अर्जुन कार्की , बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङले दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रहरीले शनिवार भएको फाइनलमा संकल्प पुर्नस्थापना केन्द्र बागलुङलाई ट्राइब्रेकरमा ५-३ ले हराउँदै च्याम्पियनबनेको हो । निर्धारित र थप २० मिनेटमा खेल १-१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा प्रहरीले बाजी मारेको थियो। दोस्रो हाफको दोस्रो मिनेटमा मनोज गुरुङले गोलबाट संकल्पले […]

January 18, 2025

एन्फा महिला लिग – बागमतीले पुलिसलाई रोक्यो

काठमाडौं(हाम्रो खेलकुद) – बागमती युथ क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा विभागीय टोली नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेको छ । बागमती र पुलिसबिच शनिवार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसले गोलका धेरै अवसर निकाले पनि बागमतीले त्यसलाई सफल हुन दिएन । पुलिस ११ अंकका साथ तेस्रो स्थानमा कायमै छ […]

Success

Thank you for your time.