default_image

2 years ago

September 23, 2022

मध्यपुर थिमी वडा व्यापी लिग भोलीदेखि

98 views

0 Bookmark

भक्तपुर (हाम्रो खेलकुद)– मध्यपुर थिमी नगरपालिकाले बी डिभिजन टोली मध्यपुर युथ एशोसियसनको संयोजनमा पहिलो पटक मध्यपुर थिमी वडा व्यापी लिग फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।


शनिबार सुरु भएर एक महिना सम्म चल्ने लिगको व्यवस्थापन, प्राविधिक सहयोग र संयोजन मध्यपुर युथ एशोसियसनले गर्नेछ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । मध्यपुर युथ एसोसिएसनका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक अष्ट कवेका अनुसार लिगमा नगरपालिकाका सबै ९ वटाको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेल शनिबार वडा नं १ र ४ का बीचमा हुनेछ । सबैले एक अर्कासँग खेल्ने लिगमा कुल ३६ खेल हुनेछन् ।

प्रतियोगितामा सहभागी टोलीका सम्पूर्ण खेलाडी मध्यपुर थिमिका स्थायी बासिन्दा हुनेछन् । जुन वडाको खेलाडीको स्थायी बसोबास जुन वडामा हो त्यही वडाबाट सहभागिता जनाउनुपर्नेछ । लिगको विजेता टोलीले उपाधिसहित २ लाख ५० हजार, दोस्रो टोलीले १ लाख २५ हजार र तेस्रो हुने टोलीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको अनुशासित टोलीलाई २५ हजारसहित फेयरप्ले अवार्ड प्रदान गरिने बताइएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर र स्ट्राइकरले समान १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगिताका लागि विभिन्न समिति गठन भएका छन् । लिग डाइरेक्टर र म्याच कमिस्नर एशोसियसनका अध्यक्ष समेत रहेका उपेन्द्रमान सिंह छन् । मनोज अधिकारीको संयोजकत्वमा स्वास्थ्य समिति, उज्वल श्रेष्ठको संयोजकत्वमा सुरक्षा समिति, हरिदास प्रजापतिको संयोजकत्वमा प्रचार प्रसार समिति, भेनु कोअर्डिनेटर राजेश श्रेष्ठ, अतिथी सत्कार समिति सुरेन्द्र श्रेष्ठ र सुनिल श्रेष्ठ, लजेष्टिक व्यवस्थापन ज्ञानु रञ्जित रहेका छन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.