3 years ago
September 23, 2022
काठमाडौं (हाम्रो खेलाडी)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) र सहिद स्मारक ए डिभिजन लिगको मिति तय गरेपनि फुटबल खेलाडीको पलायन भने रोकिएको छैन ।

पछिल्लो समय राष्ट्रिय फुटबल टोलीका नियमित सदस्यसँगै अन्य अधिकांश खेलाडीको गन्तव्य अष्ट्रेलिया रहँदै आएको छ । विदेशिने खेलाडीको लामो सूचीमा राष्ट्रिय टोलीबाट खेलिसकेका राजन गुरुङसहित मिक्छेन तामाङ, रुमेश बर्तौला, रवि थिङ र अमिर श्रेष्ठ थपिएका छन् ।
एपिएफ फुटबल क्लबका रक्षक राजनले असारमा सम्पन्न एएफसी एसियन कप छनोटमा पहिलो रोजाईमा नै खेलेका थिए । थ्री स्टारका मिडफिल्डर मिक्छेन १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता हुन् । उनले राष्ट्रिय टोलीबाट डेब्यू गरिसकेका थिए । रुमेशले च्यासल युथ क्लब, रविले एपिएफ र अमिरले जावलाखेल युथ क्लबबाट गत वर्षको लिग खेलेका थिए ।

पछिल्लो ५ महिनामा राष्ट्रिय टोली र ए डिभिजन लिगका दर्जन बढी खेलाडी अष्ट्रेलिया पुगेका छन् । राष्ट्रिय खेलाडी विमल राना, मिडफिल्डर हेमन्त थापा मगर साउनमा विदेशिएका थिए । त्यसअघि जेठमा राष्ट्रिय टोलीबाट खेलिरहेका सुमन लामा, आशिष लामा, सन्तोष तामाङ, दर्शन गुरुङ र नविन गुरुङ अष्ट्रेलिया पुगेका थिए । युवा गोलरक्षक रोहित कार्की पनि अघिल्लो महिना अष्ट्रेलिया पुगेका छन् ।
मिडफिल्डर हेमन गुरुङ, गोलकिपर एलन न्यौपाने, जगजित श्रेष्ठ र विमल बस्नेत लामो समय देखि अष्ट्रेलिया रहँदै आएका छन् । जगजित भने गत वर्ष लिग खेल्नका लागि स्वदेश फर्केका थिए । उनले हाम्रो खेलकुदसँग अन्तर्वार्ताका क्रममा नेपालमा लिग नहुँदा विदेशिनुको विकल्प नरहेको समेत बताएका थिए ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]