default_image

2 years ago

September 23, 2022

जापानले अमेरिकालाई हरायो

219 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२२ कतारको अन्तिम तयारीस्वरूप रहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली राष्ट्र जापानले अमेरिकालाई पराजित गरेको छ ।

जापानले दुवै हाफमा १-१ गोल गर्दै अमेरिकालाई पराजित गरेको हो । जापानलाई २४ औं मिनेटमा दाइची कामादाले सुरुवाती अग्रता दिलाएका थिए । सुरुवातमा रेफ्रीले अफसाइड दिएपनि भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा गोलले मान्यता पाएको थियो । दोस्रो हाफको ८८ औं मिनेटमा काओरु मितोमाले गोल गर्दै २-० को जित पक्का गरे ।

अमेरिकाका लागि स्टार विंगर क्रिस्टियन पुलिसिच चोटका कारण उपस्थित रहेका थिएनन् । जापानले खेलको अधिकांश समय बल पोसेसनमा राख्दै अमेरिकालाई खेलमा फर्कने अवसर दिएन । अमेरिकाले अब अर्को साता मैत्रीपूर्ण खेलमा साउदी अरबको सामना गर्नेछ ।

जापान विश्वकपको समूह ई मा स्पेन, जर्मनी र कोस्टारिकासँग रहेको छ । अमेरिका रहेको समूह बीमा इंग्ल्यान्ड, वेल्स र इरान रहेका छन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.