default_image

2 years ago

September 24, 2022

बन्टी स्मृति भेट्रान्स फुटबल आइतबारबाट

101 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद)– विराटनगरमा ‘स्व.बन्टी भुजेल स्मृति कप रनिङ शिल्ड भेट्रान फुटबल प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ ।

विराटनगरको सिएमजी स्वास्थ्य क्लब, विराट स्पोर्टिङ क्बल र पेमा क्लबले संयुक्त रुपमा आयोजना गर्ने क्लब विराटनगरस्थित सहिद रंगशालामा सञ्चालन हुने शनिबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

संयोजक किशोर धमलाले प्रतियोगिता नाफा वा व्यक्तिगत फाइदाका लागि नभई एक जना फुटबलमा योगदान पुर्याएका व्यक्तिको स्मृतिमा आयोजना गर्न लागेको बताए । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ’ भन्ने नाराका
साथ विराटनगरको खेलकुद क्षेत्रलाई चलायमान बनाउने प्रतियोगिताको उद्देश्य रहेको छ ।

‘तीन वटै क्लब मिलेर फुटबल खेलाडी विजय भुजेल (बन्टी)को स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागेका हौं,’ संयोजक धमलाले भने, ‘नाफा कमाउने उद्देश्यले नभई बन्टीको परिवारलाई केही गर्न सकिन्छ कि भनेर प्रतियोगिता आयोजना गर्न लागिएका हौं । प्रतियोगितामा लागेको खर्चबाट बचेको रुपैयाँ स्वर्गीय बन्टीको
परिवारलाई आर्थिक सहयोग गर्ने छौं ।’

एन्फाका प्रदेश उपाध्यक्ष सन्तोष बानियाँले बन्टीले फुटबलमा थोरै समय मात्रै बिताएका स्मरण गरे । उनले जागिरे जीवन
पनि सुरुवात गर्न थालेपछि खेललाई स्थगति गरेका थिए । बानियाँका अनुसार बन्टीलेपछि भेट्रान फुटबल खेल्न थालेको र राम्रो खेलकै कारण धेरै वटा क्लबले खेल्न बनाउने गरेका थिए । यसरी भेट्रान प्रतियोगिता भइरहँदा पुराना खेलाडीलाई एक ठाउँमा ल्याउनुका साथै स्थास्थ्य रहन मद्दत पुग्ने विश्वास गरे ।

भेट्रान प्रतियोगितामा झापा, मोरङ, सुनसरी र सिराहाका १० वटा क्लबको सहभागिता रहेको छ । प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब, विर्तामोड भेट्रान क्लब, सुनसरी इटहरीको जनता भेट्रान क्लब, धरानको हाम्रो धरान भेट्रान क्लब, सिराहाको लहान भेट्रान क्लब, मोरङ विराटनगरको मर्निङ भेट्रान क्बल, एभरेष्ट भेट्रान क्बल, विन्दवासिनी भेट्रान क्लब, युनाइटेड भेट्रान क्बल र आयोजकको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ र दोस्रो टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । म्यान अफ द म्याच, म्यान अफ द सिरिजलगायतका व्यक्तिगत पुरस्कार प्राप्त गर्नेछ । आइतबारको उद्घाटन खेल दमकको दमक–लखनपुर भेट्रान क्बल र मोरङको एभरेष्ट भेट्रान क्लबबीच हुनेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.