default_image

2 years ago

September 28, 2022

राफिन्हा चम्कदा ब्राजिलको सानदार जित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फरवार्ड राफिन्हाले दुई गोलसँगै एक असिस्ट दिएपछि ब्राजिलले फिफा विश्वकप कतार २०२२ को लागि खेलिएको अन्तिम मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ । ब्राजिलले अफ्रिकी राष्ट्र ट्युनिसियामाथि ५–१ को सानदार जित निकालेको हो । फान्समा भएको खेलमा ब्राजिलको जितमा राफिन्हाले दुई तथा रिचार्लीसन, नेयमार र पेड्रोले समान एक गोल गरे […]

143 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फरवार्ड राफिन्हाले दुई गोलसँगै एक असिस्ट दिएपछि ब्राजिलले फिफा विश्वकप कतार २०२२ को लागि खेलिएको अन्तिम मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ ।

ब्राजिलले अफ्रिकी राष्ट्र ट्युनिसियामाथि ५–१ को सानदार जित निकालेको हो । फान्समा भएको खेलमा ब्राजिलको जितमा राफिन्हाले दुई तथा रिचार्लीसन, नेयमार र पेड्रोले समान एक गोल गरे । ट्युनिसियाका मोन्टासर तल्वीले एक गोल फर्काए ।

गोलको वर्षा भएको खेलको ११औं मिनेटमा राफिन्हाको गोलबाट ब्राजिलले सुरुवाती अग्रता लिएको थियो । उनले क्यासमिरोको पासमा गोल गर्न सफल भएका थिए । १८औं मिनेटमा मोन्टासर तल्वीले बराबरी गोल फर्काए ।

त्यसको एक मिनेटपछि नै रिचार्लीसनले राफिन्हाको पासमा गोल गर्दै ब्राजिललाई २–१ को अग्रता दिलाए । २९औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई ३–१ ले अघि बढाए । एइसा लाइडोयनीले क्यासमिरोमाथि फउल गरेपछि रेफ्रीले ब्राजिललाई पेनाल्टी प्रदान गर्दा नेयमार चुकेनन् ।

४०औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै ब्राजिललाई पहिलो हाफमै ४–१ को आरामदायी अग्रता दिलाए । उनले रिचार्लीसनको पासलाई सदुपयोग गरेका थिए ।

४३औं मिनेटमा ट्युनिसिया १० खेलाडीमा समेटिन पुग्यो । नेयमारमाथि अनावश्यक च्यालेन्ज गरेपछि रेफ्रीले डेलान ब्रोनलाई सिधैं रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

त्यसपछि परिवर्तित खेलाडी पेड्रोले ७४औ मिनेटमा गोल गर्दै ब्राजिलाई सानदार जित दिलाए । पेड्रो दोस्रो हाफको शुरुमै रिचार्लीसनको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यस जितसँगै ब्राजिलले विश्वकपको लागि तयार रहेको संकेत दिएको छ । विश्वकपमा समूह ‘जी’ मा रहेको ब्राजिलले सर्वियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.