2 years ago
November 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली स्पोर्टिङ इलाम एफसी डे मेचीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पियुष न्यौपाने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले संचालन गरेको क्लब म्यानेजमेन्टको डिप्लोमा कोर्षमा छनोट भएका छन् ।
विश्वभरबाट ४० जना मात्र सहभागी हुने यस कोर्षमा विश्व फुटबलमा नाम चलेका जुआन माटा, जोन टेरी, टिम काहिल, फर्नान्डिन्हो, कार्ली लोयड, लगायत खेलाडी पनि सहभागी छन् । फिफाले सहभागीमाझ एक आपसमा अनुभव आदानप्रदानसँगै फुटबलमा सन्तुलित वातावरण निर्माण गर्न यस कोर्षले सहयोग पुर्याउने विश्वास राखेको छ । यस कोर्षमा नेतृत्व र व्यवस्थापनसँगै खेल रणनीति, युथ एकेडेमी लगायत विषयमा अध्यपान गराइने उल्लेख गरिएको छ ।
१२ महिना चल्ने यस कोर्ष पूरा गर्न सहभागीले ७ राष्ट्र यात्रा गर्नेछन् । अमेरिकाको न्यूयोर्कमा पहिलो मोड्युल समाप्त भइसकेको छ । अब कोर्षको अर्को मोड्युल कतारमा र त्यसपछि जापान, ब्राजिल, इजिप्ट र स्पेनमा हुनेछ । कोर्षको समापन भने स्विटजरल्यान्डस्थित फिफाको मुख्यालयमा हुनेछ ।
विश्वभरका क्लब अफिसियल मध्यबाट आवेदनमार्फत विभिन्न चरणको छनोटपछि अन्तिम ४० जनाको नाम कोर्षमा छानिएको हो । झन्डै ४ सय जनाको आवेदन र ३ महिनाको छनोट प्रक्रिया पार गरेर नेपालको प्रतिनिधित्व गर्न पाउँदा न्यौपानेले खुसी व्यक्त गरे ।
‘फिफाको प्रतिष्ठित कोर्षमा अवसर पाउनु खुसीको विषय हो । विश्व फुटबलका ठूला नामसँग अध्ययन गर्दाको अनुभव संगाल्न आतुर छु । त्यहाँ पढे लेखेको कुरालाई नेपाली फुटबलमा प्रयोग गर्न म तत्पर छु,’ न्यौपानेले भने ।
फिफा क्लब म्यानेजमेन्ट डिप्लोमा कोर्षको यो दोस्रो संस्करण हो । यसअघि पहिलो संस्करणमा फाबियो कानाभारो, नुनो गोमेस, कार्लोस बोकानेग्रा, फिलिपे सेन्डेरस लगायत ४० जनाले कोर्ष पूरा गरेका थिए ।
November 3, 2024
एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको जारी सिजनमा पहिलो हार बेहोरेको छ। सिटी शनिवार भएको खेलमा घरेलु टोली बोर्नमाउथसँग २-१ ले पराजित भएको हो। एन्टोइन सेमेन्यो र इभानिल्सनको गोलमा बोर्नमाउथ विजयी भएको हो। सिटीका लागिजोस्को ग्वार्डियोलले गोल फर्काए । खेलको नवौं मिनेटमा सेमेन्योको गोलमा घरेलु टोलीले अग्रता लिएको थियो । ६४औं मिनेटमा […]
November 3, 2024
एजेन्सी – लिभरपुल जित हात पार्दै इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । घरेलु मैदान एनफिल्डमा शनिवार राति भएको खेलमा लिभरपुलले मोहम्मद सलालको निर्णायक गोलमा पाहुना टोली ब्राइटनलाई २-१ ले पराजित गरेको हो । लिभरपुलका लागि पहिलो गोल कोडी गाक्पोले गरे। ब्राइटन फेर्डी काडियोग्लुले गोल गरे । १४औं मिनेटमा ब्राइटनका फेर्डीले गोल गरेका थिए […]
November 2, 2024
एजेन्सी – साउदी प्रो लिगमा शिर्ष स्थानको अल हिलालसँग अल नासर बराबरीमा रोकिएको छ । हिलाल र नासरले १-१ को बराबरी खेलेका छन् । अल अवाल पार्क रियादमा शुक्रवार भएको खेलमा नासरको लागि तलिस्काले तथा अल हिलालको लागि सर्गे मिलिन्कोभिच स्याभिच गोल गरे । खेलको पहिलो मिनेटमा नै तलिस्काले गोल गर्दै नासरलाई अग्रता दिलाए । […]