default_image

2 years ago

October 2, 2022

म्यानचेस्टर सिटी र युनाइटेड भिड्दै

287 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) म्यानचेस्टर डर्वीमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल म्यानचेस्टर सिटीको मैदानमा नेपाली समयअनुसार राति साँझ ६ः४५ बजे हुनेछ । यो खेल दुवै टोलीको लागि निकै महत्वपूर्ण रहेको छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा युनाइटेडलाई हराउँदै अंक तालिकामा शीर्षस्थानमा रहेको आर्सनलसँगको अंक दुरी छोट्याउने लक्ष्यमा रहँदा युनाइटेड पनि अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । युनाइटेडलाई हराउन सके सिटीले आर्सनलसँगको अंक दुरी १ मा छोट्याउँदा युनाइटेडले पनि सिटीलाई हराउन सके चौथो स्थानमा उक्लने छ ।

सिटीसँग लयमा रहेकी नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको साथ रहेको छ । यसै सिजन सिटी आएका हालान्डले प्रिमियर लिगको ७ खेलमा ११ गोल र १ असिस्ट प्रदान गरिसकेका छन् ।

उनलाई केभिन डि ब्रुएना, फिल फोडेन र बर्नान्डो सिल्भाले साथ दिनेछन् । यसबाहेक टोलीसँग ज्याक ग्रेलिस, रोड्री, जोओ क्यान्सेलो, रुवेन डियास, म्यानुयल एकान्जी, केल वाल्कर र इडर्सन मोराएसको साथ रहेको छ ।

यता, युनाइटेडसँग पनि क्रिष्टियानो रोनाल्डोको साथ रहेको छ । तर, रोनाल्डोले पहिलो रोजाईमा खेल्ने सम्भावना न्युन छ । टोलीसँग एन्टोनी, मार्कुस रासफोर्ड, जेडान सान्चो, ब्रुनो फर्नान्डेस, क्यासमिरो, म्याक टोमिने, टेरेल मालासिया, लिसान्द्रो मार्टिनेज, राफायल भरान, डिएगो डालोट र गोलरक्षक डेभिड हे गेया रहेका छन् ।

प्रिमियर लिगमा फर्ममा रहेका दुई टोलीबीचको प्रतिस्पर्धा रोचक हुने अुनमान गरिएको छ । सिटी जारी सिजनमा अपराजित छ । खराब सुरुवात गरेको युनाइटेड विस्तारै लयमा फर्किएको छ । प्रिमियर लिगमा युनाइटेडले पछिल्लो चारै खेलमा जित निकालेको छ ।

यि दुई टोलीबीचको पछिल्लो ३२ भेटमा सिटी १५ खेलमा विजयी भएको छ । युनाइटेड १३ खेलमा विजयी हुँदा ४ खेल बराबरीमा सकिएको छ ।

पछिल्लो दुई खेलमा सिटीले युनाइटेडमाथि जित निकालेको छ । सिटी सोही जितको लयलाई निरन्तरता दिने लक्ष्यमा रहँदा युनाइटेड सिटीसँगको हारको बदला लिने लक्ष्यमा हुनेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.