default_image

2 years ago

October 2, 2022

रियल म्याड्रिडलाई ओसासुनाको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा शत प्रतिशत जित निकालेको रियल म्याड्रिडले घरेलु मैदानमा ओसासुनाको आतिथ्यता गर्दै छ । खेल सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल ओसासुनालाई हराउँदै शीर्षस्थानमा उक्लने लक्ष्यमा मैदानमा उत्रनेछ । ६ खेलमा सबैमा जित निकालेको रियल १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । […]

104 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा शत प्रतिशत जित निकालेको रियल म्याड्रिडले घरेलु मैदानमा ओसासुनाको आतिथ्यता गर्दै छ ।

खेल सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल ओसासुनालाई हराउँदै शीर्षस्थानमा उक्लने लक्ष्यमा मैदानमा उत्रनेछ ।

६ खेलमा सबैमा जित निकालेको रियल १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एक खेल बढी खेलेको बार्सिलोनाको १९ अंक छ । चोटबाट पूनरागमन गर्दै कप्तान करिम बेन्जेमा टोलीमा फर्किएका छन् ।

भिनिसियस जुनियर, रोड्रिगो, टोनी क्रुस, ओरेलिएन चुआमेनी, फेडे भाल्भेर्डे, इडुआर्डाे कामाभिंगा, फर्लान्ड मेन्डी, एन्टेनियो रुडिगर, इडर मिलिसाओ, ड्यानी कार्भाजल र गोलरक्षक थिवाउट कोर्टुवा टोलीमा रहेका छन् ।

यसबाहेक इडेन हाजार्ड, मार्काे एसेन्सियो, डेभिड अलाबा र ड्यानियल सेवालोस रहेका छन् । चोटका कारण लुका मोड्रिच टोलीमा हुनेछैनन् ।

यता, ओसासुना पनि घरेलु टोलीलाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । टोलीसँग बुदिमिर, गार्सिया, टोरो, गोमेज, सान्चेज, क्रुज, गार्सिया, पेना र गोलरक्षक हेरेरा रहेका छन् ।

यि दुई टोलीबीचको पछिल्लो १८ भेटमा रियल १३ खेलमा विजयी भएको छ । ४ खेल बराबरीमा सकिदा एक खेल ओसासुनाले आफ्नो पक्षमा पारेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.