default_image

2 years ago

October 5, 2022

बायर्नको सानदार जित

107 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखले सानदार जित निकालेको छ । घरेलु मैदानमा बायर्नले चेक क्लब भिक्टोरिया प्लेजेनमाथि ५–० को सानदार जित निकालेको हो ।

बायर्नको जितमा लिरोए सानेले दुई तथा सर्ज जिनाब्री, साडियो माने र इरिक म्याक्सिम चुपो मोटिङले गोल गरे । एलिएन्ज एरिना म्युनिखमा मंगलबार राति भएको खेलको सातौ मिनेटमा सानेको गोलबाट बायर्नले अग्रता लिन सफल भयो । उनले जमल मुसिएलाको पासमा गोल गर्न सफल भएका थिए ।

१३औं मिनेटमा सर्ज जिनाब्रीले लियोन गोरेट्जकाको पासमा गोल गर्दै बायर्नको अग्रता दाब्ब पारे ।२१औं मिनेटमा साडियो मानेले गोल गर्दै बायर्नलाई पहिलो हाफमा ३–० ले अघि बढाए । ३६औं मिनेटमा जमल मुसिएलाले गोल गरेपनि गोलले मान्यता पाए ।

५०औं मिनेटमा सानेले साडियो मानेको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बायर्नलाई ४–० को आरामदायी स्थितिमा अघि बढाए । ५९औं मिनेटमा चुपो मोटिङले लियोन गोरेट्जकाको पासमा गोल गर्दै बायर्नलाई ५–० को सानदार जित दिलाए ।

यस जितसँगै बायर्नले समूह ‘सी’ मा लगातार तेस्रो जित निकालेको छ । तेस्रो जितसँगै बायर्न ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित प्लेजेन अंक विहीन हुँदै पुछारमा छ ।

यही समूहको अर्काे खेलमा क्याटलान क्लब बार्सिलोना इटालियन क्लब इन्टर मिलानसँग १–० ले स्तब्ध बनेको छ । इन्टरको जितमा हकान चल हानोग्लुले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

यो नतिजापछि इन्टर ३ खेलबाट ६ अंक जोडेर दोस्रो तथा ३ खेलबाट ३ अंक जोडेर बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

Success

Thank you for your time.