default_image

2 years ago

October 6, 2022

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – इर्लिङ हालान्डले २ गोल गरेको च्याम्पियन्स लिगको खेलमा म्यानचेस्टर सिटीले कोपनहेगनलाई ५–० ले हराएको छ । घरेलु मैदानमा पहिलो हाफमै हालान्डले २ गोल गरेको खेलमा डाभिट खोचोलाभाले आत्मघाती, रियाद मेहराज र जुलियन अल्भारेजले गोल गरेका थिए । सहज जितका लागि सिटीले समूह जीमा शतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ । टोलीलाई नकआउट चरणमा पुग्नका […]

113 views

0 Bookmark

एजेन्सी – इर्लिङ हालान्डले २ गोल गरेको च्याम्पियन्स लिगको खेलमा म्यानचेस्टर सिटीले कोपनहेगनलाई ५–० ले हराएको छ । घरेलु मैदानमा पहिलो हाफमै हालान्डले २ गोल गरेको खेलमा डाभिट खोचोलाभाले आत्मघाती, रियाद मेहराज र जुलियन अल्भारेजले गोल गरेका थिए ।

सहज जितका लागि सिटीले समूह जीमा शतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ । टोलीलाई नकआउट चरणमा पुग्नका लागि अब मात्र २ अंकको आवश्यकता छ । सबै खाले प्रतियोगितामा गरि हालान्डको गोल संख्या १९ पुगेको छ । प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडविरुद्ध ह्याट्रिक गरेका हालान्डले सातौं मिनेटमै पहिलो गोल गरेका थिए । जोआओ कासिलोको क्रसमा उनले पहिलो गोल गरेका थिए । उनको अर्को प्रहारलाई भने कोपनहेगनका गोलकिपरले रोकेका थिए ।

३२ औं मिनेटमा हालान्डले अर्को गोल थपे । सर्जियो गोेमेजको प्रहारलाई हालान्डले ट्याप गरेका थिए । ३९ औं मिनेटमा गोमेजको प्रहारमा दुई डिफेन्डराम डिफ्लेक्ट हुँदै आत्मघाती गोल भएको थियो । अन्तिम डिफ्लेक्ट खोचोलाभाको भएको थियो । अर्को ह्याट्रिक अवसर भएपनि हालान्डलाई दोस्रो हाफमा परिवर्तन गरिएको थियो ।

५५ औं मिनेटमा मेहराजले पेनाल्टीमा गोल गर्दै अन्तरलाई फराकिलो बनाएका थिए । एमिरिक लापोर्टेलाई मार्को स्टामिनिकले फाउल गरेपछि सिटीले पेनाल्टी पाएको थियो । ७६ र्औ मिनटमा अल्भारेजले गोल गरेका थिए । यो सिजन सिटीमा आएयता १२ खेलमा १९ गोल गरेका हालान्डले त्यसमध्येका १६ गोल पछिल्ला ८ खेलमा गरेका थिए ।

अंकतालिकामा सिटी ९ अंकसहित शीर्षस्थानमा छ भने हालान्डको पूर्व क्लब बोरुसिया डर्टमुन्ड ६ अंकसहित दोस्रो स्थानमा छ । सेभिल्ला र कोपनहेनको समान १ अंक छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.