default_image

2 years ago

October 9, 2022

एसियन कप छनोट- अन्तिम खेलमा पनि नेपाल पराजित

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू १७ एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । भियतनाममा आइतबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल चाइनिज ताइपेसँग ४–२ ले पराजित भएको थियो ।

१० खेलाडीमा सिमित नेपाल अन्तिम १० मिनेटमा २ गोलको सामना गर्दै पराजित भएको थियो । चाइनिज ताइपेका लागि लिन हाइ चिङले २, ताइ यान याउ र लु थिङले गोल गरेका थिए । नेपालका लागि कप्तान प्रशान्त लक्षम र धन सिंह विकले गोल फर्काएका थिए । चिङले तेस्रो मिनेटमा गोल गर्दै चाइनिज ताइपेलाई अघि बढाए ।

प्रशान्त लक्षमले १० औं मिनेटमा बराबरी गोल फर्काएका थिए । रिबाउन्डमा प्राप्त बलमा उनले गोल गरेका हुन् । छनोटमा नेपालको यो पहिलो गोल हो । २८ औं मिनेटमा कर्नरमा आएको बललाई याउले हेडमार्फत गोल गर्दा चाइनिज ताइपे पहिलो हाफमा २–१ ले अगाडि बरोका थिए । ६१ औं मिनेटमा धनसिंहले बराबरी गोल फर्काएका थिए ।

एउटा गल्ति नेपाल नेपालका महंगो साबित भयो । विपक्षी खेलाडीलाई फाउल हानेका कारण दीपक थापा मगर दोहोरो पहेलो कार्डपछि रातो कार्डको सामना गर्दै मैदान छाड्नु परेको थियो । त्यहि फाउलमा प्राप्त फ्रिकिकमा थिङले गोल गर्दा ताइपे ३–१ ले अघि बढेका थिए ।

अन्तिम मिनेटमा चिङले अर्को गोल गर्दै टोलीको जित जितलाई निश्चित पारे । गोलकिपर क्रिशल मोक्तानको ठाँउमा ८६ औं मिनेटमा अर्का गोलकिपर समिर चन्दलाई उतारेका थिए । अन्तिम गोलको सामना समिरले गरेका थिए ।

६४ औं मिनेटमा नेपालले अग्रता लिनबाट चुकेको थियो । कप्तान प्रशान्तले झण्डै ३० यार्डबाट शसक्त प्रहार बारमा लागेको थियो । त्यसको रिबाउन्डमा सिजल राईले गोल गर्न सकेनन् ।

यसअघि नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ३–० र आयोजक भियतनामसँग ५–० ले पराजित भएको थियो । समूह एफको छनोट चरणबाटै बाहिरि सकेका नेपाल र चाइनिज ताइपेबीचको यो खेललाई प्रतिष्ठाको लडाईका रुपमा हेरिएको छ। भियतनाम र थाइल्यान्डबीच समूह विजेताका लागि प्रतिस्पर्धा हुनेछ ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.