default_image

2 years ago

October 11, 2022

मेस्सीले बेन्फिकाविरुद्धको खेल गुमाउने

157 views

0 Bookmark

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले युइएफए च्याम्पियन्स लिगको एक खेल गुमाउने भएका छन् ।

काल्फ इन्ज्युरीका कारण मेस्सीले पोर्चुगिज क्लब बेन्फिकाविरुद्धको खेल गुमाउने पक्का भएको क्लबले जनाएको छ । मेस्सीसँगै प्रेसनेल किमपेम्वे, नुनो मेन्डेस र रेनाटो सान्चेजले पनि बेन्फिकाविरुद्धको खेल गुमाउने भएका छन् ।

पीएसजीले च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत मंगलबार राति बेन्फिकासँग खेल्ने तालिका छ । ३५ वर्षीय मेस्सीले गत साता बेन्फिकाविरुद्धकै खेलमा चोट बोकेका थिए ।

उक्त खेलमा मेस्सीले गोल गरेपनि त्यसलाई जोगाउन नसक्दा पिएसजी १–१ गोलको बराबरीमा रोकिन पुगेको थियो । मेस्सीले चोटकै कारण लिग वान अन्तर्गत रिम्सविरुद्धको खेल समेत गुमाएका थिए ।

च्याम्पियन्स लिगको समूह ‘एच’ मा रहेको पीएसजी तीन खेलमा अपराजित रहँदै ७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । समान ७ अंक नै रहेपनि बेन्फिका दोस्रो, ३ अंक जोडेर युभेन्ट्स तेस्रो तथा मकावी हाइफा अंकविहीन हुँदै पुछारमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.