default_image

2 years ago

October 13, 2022

सन र केनको गोलमा टोटेनहमको पूनरागमन जित

79 views

0 Bookmark

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सन र इंग्लिस फरवार्ड ह्यारी केनको गोलमा इंग्लिस क्लब टोटेनहम हटस्परले जर्मन क्लब फ्रान्कफुर्टलाई पराजित गरेको छ ।

घरेलु मैदानमा टोटेनहमले १० खेलाडीमा समेटिएको फ्रान्कफुर्टमाथि ३–२ को पूनरागमन जित निकालेको हो । टोटेनहमको जितमा सनले दुई तथा केनले एक गोल गरे । फ्रान्कफुर्टका दाइची कामदा र फरिद एलिडोउले गोल गरे ।

टोटेनहम हटस्पर स्टेडियम लन्डनमा बुधबार राति भएको खेलको १४औं मिनेटमा दाइची कामदाको गोलबाट घरेलु टोली खेलमा पछि परेको थियो । उनले सेवास्टिन रोडको पासमा गोल गरेका थिए । १९औं मिनेटमा ह्युङ मिन सनले ह्यारी केनको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

२८औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई २–१ ले अघि बढाए । क्रिष्टिजन ज्याकीले पेनाल्टी बक्समा केनलाई अनावश्यक फउल गरेपछि रेफ्रीले भिएआरको सहायतामा टोटेनहमलाई पेनाल्टी प्रदान गर्दा केन चुकेनन् ।

३६औं मिनेटमा सनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि टोटेनहम खेलमा ३–१ ले अघि बढ्यो । उनले इमिल होज्बवर्गको पासलाई सदुपयोग गरेका थिए ।

६०औं मिनेटमा फ्रान्कफुर्ट १० खेलाडीमा समेटिन पुग्यो । टुटा तीन मिनेटको अन्तरमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपनि त्यसपछि टोटेनहमले त्यसको फाइदा उठाउन सकेन । टुटाले ६०औं मिनेटमा रातो कार्ड पाएको थियो ।

८७औं मिनेटमा फरिद एलिडोउले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याएर फ्रान्कफुर्टलाई खेलमा फर्कने संकेत दिएपनि त्यसपछि थप गोल हुन नसक्दा टोटेनहम विजयी हुन सफल भयो ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा केनले पेनाल्टी चुकायो । ब्रायन गिललाई पेनाल्टी बक्समा हर्भभोए स्मोलसिसले फउल गरेपछि प्राप्त पेनाल्टीमा केनले गोल गर्न सकेनन् ।

यस जितसँगै टोटेनहम समुह ‘डी’ मा ४ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित फ्रान्कफुर्ट ४ अक जोडेर पुछारमा छ । यही समूहको अर्काे खेलमा मार्सेले १० खेलाडीमा समेटिएको स्पोर्टिङ सिपीलाई २–० ले पराजित गरेको छ । मार्सेको जितमा माटियो गुइनडोउजी र एलेक्सिस साञ्चेजले गोल गरे ।

१९औ मिनेटमा रिकार्डाे इस्गाइओ रातो बार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसको फाइदा मार्सेले उठाउन सफल भयो । माटियोले २०औं मिनेटमा पेनाल्टीमा तथा साञ्चेजले ३०औं मिनेटमा गोल गर्न सफल भए । यो नतिजापछि मार्से ६ अंक जोडेर दोस्रो स्थानमा उक्लदा समान ६ अंक नै रहेपनि गोलअन्तरमा स्पोर्टिङ तेस्रोमा छ ।

यस्तै समूह ‘बी’ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई गोलरहित बराबरीमा रोक्दै बेल्जियन टोली क्लब ब्रुग दुई खेल अगावै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्काे खेलमा एफसी पोर्टाेले बायर लिभरकुसनलाई ३–० ले पराजित गरेको छ ।

यो नतिजापछि क्लब ब्रुगको ४ खेलबाट १० अंक पुगेको छ । पोर्टाेको ६ र एट्लेटिकोको ४ तथा लिभरकुसनको ३ अंक छ ।

नतिजा
समूह ‘ए’ – नेपोली
विरुद्ध आयाक्स (–२) र रेन्जर्सविरुद्ध लिभरपुल (१–)
समूह ‘बी’ – एट्लेटिको मड्रिडविरुद्ध क्लब ब्रुग (०–०) र बायर लिभरकुसनविरुद्ध एफसी पोर्टाे (०–)
समूह ‘सी’ – बार्सिलोनाविरुद्ध इन्टर मिलान (३–३), र भिक्टोरिया प्लेजेनविरुद्ध बायर्न म्युनिख (२–)
समूह ‘डी’ – स्पोर्टिङ सिपीविरुद्ध मार्से (०–) र टोटेनहमविरुद्ध फ्रान्कफुर्ट (–२)

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.