default_image

2 years ago

October 13, 2022

च्याम्पियन्स लिग : ह्याट्रिक कीर्तिमानमा सलाहको प्रवेश

154 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगलाई विश्वकै सर्वाधिक चर्चित क्लब फुटबल प्रतियोगिताको रुपमा लिइन्छ । विश्वका शीर्ष खेलाडी यस प्रतियोगितामा खेल्ने चाहना राख्छन् । यसमा कीर्तिमान राख्नुको बेग्लै महत्त्व हुन्छ ।

लिभरपुलका फरवार्ड मोहमद सलाहले युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार ह्याट्रिक प्रहार गर्दै दुर्लभ कीर्तिमान बनाए । रेन्जर्सविरुद्ध बेन्चमा रहेका सलाहले दोस्रो हाफमा मैदान प्रवेश गर्दै ६ मिनेट १२ सेकेन्डमा ह्याट्रिक पुरा गरे । यससँगै उनी च्याम्पियन्स लिगमा सबैभन्दा कम समयमा ह्याट्रिक पूरा गर्ने खेलाडी बने । खेलको ६८ औं मिनेटमा मैदान प्रवेश गरेका सलाहले ७५ औं, ८० औं र ८१ औं मिनेटमा गोल गरेका थिए ।

सलाह इजिप्टबाट ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी पनि बने । उनी च्याम्पियन्स लिगमा ह्याट्रिक प्रहार गर्ने सयौं खेलाडी पनि हुन् । हालसम्म १ सय ४४ पटक ह्याट्रिक भएकोमा सलाह सबैभन्दा कम समय खर्च गर्ने खेलाडी बने ।

यसअघि उक्त कीर्तिमान फ्रान्सेली फरवार्ड बाफीटेम्बी गोमिसको नाममा रहेको थियो । उनले सन् २०११ मा लियोनका लागि डिनामो जाग्रेबविरुद्ध ७-१ को जितमा ह्याट्रिक गरेका थिए । उनले ८ मिनेटमा ह्याट्रिक [प्रहार गरेका थिए । यसै सुचिमा माइक नेवेल (९ मिनेट), रहिम स्टर्लिङ, क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की (सबै ११ मिनेट) पनि रहेका छन् ।

च्याम्पियन्स लिगमा सर्वाधिक ह्याट्रिकको कीर्तिमान भने लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको नाममा छ । दुवै खेलाडीले ८-८ ह्याट्रिक पूरा गरेका छन् । रोबर्ट लेवान्डोस्कीले ६ ह्याट्रिक तथा करीम बेन्जेमाले ४ ह्याट्रिक पूरा गरेका छन् । हालसम्म १ सय खेलाडीले च्याम्पियन्स लिगमा ह्याट्रिक पूरा गरेका छन् ।

च्याम्पियन्स लिगको एकै सिजनमा धेरै ह्याट्रिक भने रोनाल्डोको नाममा छ । उनले २०१५-१६ सिजनमा तीन ह्याट्रिक प्रहार गरेका थिए । च्याम्पियन्स लिगमा सबैभन्दा कम उमेरमा ह्याट्रिक रियल म्याड्रिडका राउल गोन्जालेजको नाममा छ । उनले सन् १९९५ मा १८ वर्ष १ सय १३ दिनको उमेरमा फेरेन्चभारोसविरुद्ध उपलब्धि हासिल गरेका थिए ।

सबैभन्दा बढी उमेरको ह्याट्रिककर्ता पनि रियल म्याड्रिडमै छन् । करीम बेन्जेमाले गत सिजन चेल्सीविरुद्ध ३४ वर्ष १ सय ८ दिनको उमेरमा ह्याट्रिक प्रहर गरेका थिए । एर्लिङ हालान्डसँगै १० खेलाडीले डेब्यु खेलमा नै ह्याट्रिक पूरा गरेका छन् । क्रिस्टियानो रोनाल्डो र रोबर्ट लेवान्डोस्कीसँगै १२ खेलाडीले एक भन्दा बढी क्लबका लागि ह्याट्रिक पूरा गरेका छन् ।

messi hattrick

एकै खेलमा ५ गोल गर्ने कीर्तिमान लिओनेल मेस्सी र लुइज एड्रियानोको नाममा छ । ह्याट्रिकबिना सर्वाधिक गोल गर्ने कीर्तिमान थोमस मुलारको नाममा छ । उनले हालसम्म ५३ गोल गरेका छन् ।

क्लब संख्या हेर्दा रियल म्याड्रिड र बार्सिलोनाका १४-१४ खेलाडीले ह्याट्रिक प्रहार गरेका छन् । त्यस्तै सबैभन्दा धेरै ह्याट्रिक (६) आन्द्रेलेक्टविरुद्ध रहेको छ । ब्राजिलबाट १३ खेलाडीले सर्वाधिक १९ पटक ह्याट्रिक प्रहर गरेका छन् ।

हालसम्म ह्याट्रिक प्रहार गरेको खेलाडीको टोलीहरु १ सय ३८ जित, २ बराबरी र ४ खेल पराजित हुनुपरेको छ । समूह चरणमा १ सय १५, प्रि क्वाटरफाइनलमा १७, क्वाटरफाइनलमा ७ तथा सेमिफाइनलमा ५ ह्याट्रिक भएका छन् । फाइनलमा भने कुनै खेलाडीले ह्याट्रिक हानेका छैनन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.