default_image

2 years ago

October 16, 2022

टोटेनहमले एभर्टनलाई हरायो

92 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले एभर्टनलाई पराजित गरेको छ । घरेलु मैदानमा टोटेनहमले एभर्टनलाई २–० ले पराजित गरेको हो ।

टोटेनहम हटस्पर स्टेडियममा घरेलु टोलीको जितमा ह्यारी केन र पिएरे इमिल होज्वजर्गले गोल गरे । टोटेनहमले पाहुना टोली एभर्टनमाथि बल पोसेसन राख्दै दवाव बढाएपनि गोलको लागि दोस्रो हाफमा पेनाल्टीको साहरा लिनु परेको थियो ।

५९औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनमलाई १–० को अग्रता दिलाए । गोलरक्षक जोर्डन पिकफोर्डले पेनाल्टी बक्समा केनमाथि नै फउल गरेपछि प्राप्त पेनाल्टीमा केन चुकेनन् ।

त्यसपछि ८६औं मिनेटमा पिएरे इमिल होज्वजर्गलेले गोल गर्दै टोटनहमलाई २–० को सहज जितसहित ३ अंक दिलाए । यस जितसँगै टोटेनहम १० खेलबाट २३ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।

समान २३ अंक नै रहेपनि गोल अन्तरमा एक खेल कम खेलेको म्यानचेस्टर सिटी दोस्रोमा रहेको छ । पराजित एभर्टन १० खेलबाट १० अंक जोडेर १४औं स्थानमा रहेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.