default_image

2 years ago

October 16, 2022

सलाहको गोलमा लिभरपुलल म्यानचेस्टर सिटीलाई हरायो

160 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । लिभरपुलले घरेलु मैदानमा सिटीमाथि १–० को जित निकालेको हो ।

लिभरपुलको जितमा दोस्रो हाफमा मोहम्मद सलाहले गरेको गोल नै निर्णायक बन्यो । उनले ७६औं मिनेटमा गोल गर्न सफल भएका थिए । एनफिल्डमा आइतबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले सिटीसँग दवाव झेलेपनि गोल गर्दै महत्वपूर्ण ३ अंक लिन सफल भयो ।

५३औं मिनेटमा फिल फोडेनले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा सिटी अग्रता लिनबाट चुकेको थियो उक्त गोलको मुभमा एर्लिङ हालान्डले फाविन्होलाई फउल गरेको देखिएको थियो ।

त्यसपछि ७६औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । गोलरक्षक एलिसन बेकरले छिटो गरि दिएको पासलाई नियन्त्रणमा लिदै सलाहले गोल गर्न सफल भएका थिए ।

८६औं मिनेटमा लिभरपुलका योर्गेन क्लोप रातो कार्ड खाँदै टचलाइन छाड्न बाध्य भए । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी हुन सफल भयो ।

यस जितसँगै लिभरपुल ९ खेलबाट १३ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी छोट्याउने अवसर गुमाउदा दोस्रोमा यथावत रहेको । सिटीको १० खेलबाट २३ अंक छ । समान २३ अंक नै रहेपनि टोटेनहम गोलऋनतरमा तेस्रोमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.