default_image

3 years ago

October 17, 2022

फुटबलमा राष्ट्रिय खेलाडीले भरिएको बागमती समूह चरणबाटै बाहिरियो

464 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलाडीले भरिपूर्ण बागमती प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको समूह चरणबाट नै बाहिरिएको छ ।

नेपाल एपिएफ क्लबसँग समूह ‘बी’ को अन्तिम खेलमा पराजित भएपछि बागमती सेमिफाइनलमा प्रवेश गर्न सकेन । गोस्टेघाट फुटबल मैदानमा एपिएफले ३-१ को जित दर्ता गर्दै अन्तिम चारमा स्थान पक्का गर्यो । एपिएफको जितमा नवीन लामाले २ तथा प्रदीप लामाले १ गोल गरे ।

बागमतीले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा समूह चरणबाट घर फर्कनु पर्यो । पहिलो हाफको इन्ज्युरी समयमा अभिषेक रिजालले गोल गर्दै बागमतीलाई अग्रता दिलाए । दोस्रो हाफमा एपिएफले ३ गोल फर्काउँदै जित हासिल गर्यो । प्रदीप लामाले गोल गर्दै एपीएफलाई खेलमा फर्काए । त्यसपछि नवीन लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाए । इन्ज्युरी समयमा गोल थप्दै जित सुनिश्चित गरे ।

पुरुष फुटबलमा अब सेमिफाइनल समिकरण पूरा भएको छ । समूह बी को विजेता एपिएफले समूह डी को विजेता सुदूरपश्चिमसँग खेल्नेछ । त्यस्तै अर्को सेमिफाइनलमा समूह ए को विजेता गण्डकी र समूह सी को विजेता त्रिभुवन आर्मी क्लबले खेल्नेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.