default_image

2 years ago

October 18, 2022

रियल म्याड्रिडका कोर्टुवालाई यासिन ट्रफी

168 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका बेल्जियन गोलरक्षक थिवाउट कोर्टुवाले यासिन ट्रफी जितेका छन् । २०२१–२२ को सिजनमा उत्कउष्ट प्रदर्शन गरेका उनले उत्कृष्ट गोलरक्षकको रुपमा यासिन ट्रफी अवार्ड जित्न सफल भएका हुन् ।

चोटका कारण सान्टियागो बर्नाबेउमा बार्सिलोनामाथि ३–१ जितको खेल गुमाएको उनले एक दिनपछि उनले यो अवार्ड पाएका हुन् । यो अवार्डको दौडमा उनले मार्क–आन्र टेर स्टेगन, एलिसन बेकर, एडरसन मोराएस र जान ओब्लाकलाई पछि पारे ।

च्याम्पियन्स लिगमा निर्णायक
लिभरपुलविरुद्ध च्याम्पियन्स लिग फाइनलको पूर्वसन्ध्यामा कोर्टुवाको आलोचना भएको थियो, जब उनले ‘जब रियल म्याड्रिड फाइनल खेल्छन्, उनीहरूले जित्छन् ।’ भनेर जोड दिएका थिए ।

एट्लेटिको मड्रिडको विगतका कारण उनको भनाई विवादमा परेको थियो । बेल्जियम अन्तर्राष्ट्रिय खेलाडी एट्लेटिकोमा आफ्नो समयमा खुसी थिए, तर यसको मतलब यो होइन कि उनी बाल्यकालमा रियल म्याड्रिडको प्रशंसक थिएनन् ।

जब रियल म्याड्रिडले कोर्टुवालाई अनुबन्ध गर्न आफ्नो रुचि देखाए, चेल्सीले उनलाई क्लब छोड्नबाट रोक्न खोज्यो । बेल्जियमका स्टारले आफ्नो सपना साकार पार्न बाहिरिन बाध्य भए ।

‘म मेरो टोलीलाई धन्यवाद दिन चाहन्छु किनभने उनीहरूलाई धन्यवाद मैले यो ट्रफी जित्न सफल भएको छु ।’ कोर्टुवाले भने, ‘म मेरो परिवार र मेरा बच्चाहरूलाई वर्षभरि उनीहरूबाट पाएको सहयोगको लागि सम्झन चाहन्छु ।’

यस्तै क्याटलान क्लब बार्सिलोनाका युवा मिडफिल्डर गाभीले कोपा ट्रफी जितेका छन् । युवा खेलाडीको लागि रहेको यो अवार्ड जित्ने क्रममा उनले रियल म्याड्रिडका इडुआर्डाे कामाभिंगालाई पछि पारे ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.