default_image

2 years ago

October 19, 2022

रियल म्याड्रिडबाट बालोन डिओर जित्नेहरु

139 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले पहिलोपटक सोमबार राति बालोन डिओरको अवार्ड हात पारे । उनी यसपालीको अवार्डको लागि हकदार नै थियो ।

किनकि उनले गत सिजन रियल म्याड्रिडमा अद्भुत प्रदर्शन गरेको थियो । उनकै उच्च प्रदर्शनमा रियलले गत सिजन च्याम्पियन्स लिग, स्पेनिस ला लिगा र सुपर कोपाको उपाधि जित्न सफल भएका थिए ।

उनी दुवै च्याम्पियन्स लिग र ला लिगामा सर्वाधिक गोलकर्ता नै बने । उनले गत सिजन रियलका लागि ४६ खेलमा ४४ गोल र १५ असिस्ट गरे । च्याम्पियन्स लिगको समूह चरणमा भन्दा उनले नकआउट चरणमा ह्याट्रिक गर्दै टोलीलाई जिताएर च्याम्पियन बनाएका थिए ।

ब्राजिली लेजेन्ड काकाले २००७ मा यो अवार्ड जितेपछि यस अवार्डमा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोकै दवदवा रहँदा लुका मोड्रिच पनि यो अवार्ड जित्ने सुचीमा थपिएका छन् । २०२० मा फ्रान्स फुटबलले कोभिड १९ को कारण देखाउँदै आश्चर्यचकित रुपमा यो रद्ध गरिदियो । बेन्जेमा रियलबाट बालोन डिओर जित्ने पछिल्लो खेलाडी बन्दा यो अवार्डको ६६ वर्षे इतिहासमा रियलबाट हालसम्म कस कसले यो अवार्ड जिते त ? हेरौं ।

क्रिस्टियानो रोनाल्डो
क्रिस्टियानो रोनाल्डो बालोन डी’ओरका एक लिजेन्ड हुन् । उनले पाँच उपाधि जितेका छन्, जसमध्ये एउटा सन् २००८ मा म्यानचेस्टर युनाइटेडबाट र बाँकी रियल म्याड्रिडसँग (२०१३, २०१४, २०१६ र २०१७) बाट जितेका छन् । उनको उच्च प्रदर्शनमा रियल मड्रिडलाई चार च्याम्पियन्स लिगको उपाधि जिताउन मद्दत ग¥यो । लियोनेल मेस्सीको सात अवार्डपछि उनी यो अवार्ड जित्ने दोस्रो सर्वाधिक विजेता हुन् ।

अल्फ्रेडो डि स्टेफानो
सन् १९५७ र १९५९ मा दुई अवार्डसहित अल्फ्रेडो डि स्टेफानो रियलबाट यो अवार्ड जित्ने दोस्रो खेलाडी हुन् । ला सेटा १९५६ मा स्ट्यान्ली म्याथ्युजपछि ट्रफी जित्ने दोस्रो खेलाडी थिए । उनको ड्रिब्लिङ, असिस्ट र गोलका कारण रियल म्याड्रिडले इतिहासमा पहिलो पाँच युरोपियन कप १९५६–देखि १९६०) जितेको थियो ।

रोनाल्डो नाजारियो
रोनाल्डो यो अवार्ड जित्ने पहिलो गैर–युरोपियन खेलाडी हुन् । पौराणिक ब्राजिलियन फरवार्डले सन् २००२ मा कोरिया र जापानमा विश्वकप जित्दा दोस्रो बालोन डी’ओर जिते । उनको बालोना डिओरको पहिलो अवार्ड सन् १९९८ मा इटालियन क्लब इन्टर मिलानबाट जितेको थियो ।

रेमण्ड कोपा
रेमण्ड कोपा रियलबाट सन् १९५८ को युरोपियन कप जित्ने एक प्रमुख खेलाडी हुन् । फ्रान्सेलीले त्यही समयमा आफ्नो एकमात्र बालोन डी’ओर जिते । यासबीचमा रियलकै अल्फ्रेडो डि स्टेफानोले जितेका थिए ।

लुइस फिगो
लुइस फिगोले सन् २००० मा बार्सिलोनाबाट रियल जान विवादास्पद सम्झौतामा हस्ताक्षर गरे, उनले सोही वर्ष रियल म्याड्रिडसँग उपाधि जितेका थिए । उनले बार्सिलोनालाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पु¥याएका थिए । सन् १९९९–२००० को सिजनमा १४ गोल र १७ असिस्ट प्रदान गरेपछि बालोन डी’ओर जितेका थिए ।

फावियो कानाभारो
जर्मनीमा इटालीबाट सन् २००६ को विश्वकप जितेपछि, सेन्टर ब्याकले बालोन डी’ओर जिते । उनले स्वदेशी बुफोन र थियरी हेनरीलाई पछि पारेका थिए ।

लुका मोड्रिच
च्याम्पियन्स लिगको उपाधि र क्रोएसियाका उत्कृष्ट खेलाडीको रूपमा २०१८ को विश्वकपको फाइनलमा पुगेर लुका मोड्रिचले २०१८ को बालोन डी’ओर जितेका थि ए। रियल म्याड्रिडबाट क्रिस्टियानो रोनाल्डोको प्रस्थानसँगै, लुका रियलको आइकन बने । अवार्ड जित्ने क्रममा उनले रियलकै क्रिस्टियानो र त्यतिबेलाको बार्सिलोनाका लियोनेल मेस्सीको बालोन डिओरको दवदवा अन्त्य गर्दै अवार्ड जित्त सफल भए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.