default_image

2 years ago

October 20, 2022

तीन गोलले मान्यता नपाएपनि रियल म्याड्रिडको सानदार जित

121 views

0 Bookmark

एजेन्सी – भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) बाट तीन गोलले मान्यता नपाएपनि शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकाल्दै आफ्नो शीर्षतालाई थप बलियो बनाएको छ ।

रियलले घरेलु टोली टोली इल्चेलाई ३–० ले पराजित गरेको हो । रियलको जितमा फेडे भाल्भेर्डे, करिम बेन्जेमा र मार्काे एसेन्सियाले गोल गरे ।

इल्चेमा बुधबार राति भएको खेलको छैटौं मिनेटमा करिम बेन्जेमाले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाएन । ११औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए ।

२६औं मिनेटमा डेभिड अलाबाले गोल गरेपनि पुन भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता नपाउँदा रियलले अग्रता दोब्बर पार्न सकेन । ६१औं मिनेटमा करिम बेन्जेमाको अर्काे गोल पनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाएन ।

भिएआरबाट दुई गोलले मान्यता नपाएपनि बेन्जेमाले ७५औं मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । त्यसपछि परिवर्तित खेलाडी मार्काे एसेन्सियोले गोल गर्दै रियललाई सानदार जित दिलाए ।

एसेन्सियो ८०औं मिनेटमा भिनिसियस जुनियरको स्थानमा मैदान छिरेका थिए । उनले मैदान छिरेको नवौं मिनेटमा गोल गर्न सफल भएका हुन् ।

यस जितसँगै रियलले शीर्षस्थानमा ६ अंकको अग्रता लिएको छ । अपराजित रहेको रियलको १० खेलबाट २८ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको २२ अंक छ । समान १० खेल खेलेको रियल सोसिडाड २२ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।

ला लिगामै रियल सोसिडाडले मलोर्कालाई १–० ले तथा रियल भालाडोलिडले सेल्टा डि भिगोलाई ४–१ ले पराजित गर्दा क्याडिज र रियल बेटिसले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.