default_image

2 years ago

October 20, 2022

लिभरपुल र म्यानचेस्टरको जित, चेल्सी रोकियो

81 views

0 Bookmark

एजेन्सी – लिभरपुल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकाल्दा चेल्सी बराबरीमा रोकिएको छ ।लिभरपुलले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो ।

एनफिल्डमा बुधबार राति भएको खेलमा लिभरपुलको जितमा पहिलो हाफमा डार्विन नुनेजले गरेको गोल नै निर्णायक बन्यो ।उनले २२औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

४५औं मिनेटमा वेस्ट ह्यामले पेनाल्टी पाएपनि जारोड वोवेनले गोल गर्न नसक्दा वेस्ट ह्याम बराबरीबाट चुक्दा पराजित हुन पुग्यो ।

यस जितसँगै लिभरपुल १० खेलबाट १६ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । पराजित वेस्ट ह्याम ११ खेलबाट ११ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले टोटेनहम हटस्परमाथि २–० को महत्वपूर्ण जित निकालेको छ । युनाइटेडको जितमा फ्रेड र ब्रुनो फर्नान्डेसले गोल गरे । फ्रेडले ४७औं मिनेटमा गोल गर्दा ब्रुनोले ६९औं मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए ।

यस जितसँगै युनाइटेड १० खेलबाट १९ अंक जोडेर पाँचौ स्थानमा उक्ला पराजित टोटेनहमले दोस्रो स्थानमा उक्लने अवसर गुमाउादा २३ अंक जोडेर तेस्रो स्थानमा यथावत छ ।

अर्काे खेलमा चेल्सी घरेलु टोली ब्रेन्टफर्डसँग गोलरहित बराबरीमा रोकिएको छ । यस बराबरीले चेल्सी २० अंक जोडेर चौथो तथा ब्रेन्टफर्ड १४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्काे खेलमा न्यूक्यासल युनाइटेडले एभर्टनलाई १–० ले पराजित गरेको छ । न्यूक्यासलको जितमा मिगुइल अल्मिरोनले ३१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.