default_image

2 years ago

October 21, 2022

जेरार्ड बर्खास्त

147 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब एस्टन भिल्लाले आफ्ना मुख्य प्रशिक्षक स्टेभन जेरार्डलाई बर्खास्त गरेको छ । प्रिमियर लिगमा बिहीबार राति फुलहमसँग ३–० ले पराजित भएसँगै भिल्लाले जेरार्डलाई बर्खात गरेको छ ।

प्रिमियर लिगमा यो सिजन भिल्लाले निकै कमजोर प्रदर्शन गरेपछि क्लबले उनलाई बर्खास्ती गर्नेबारे योजना बनाइसकेको थियो ।

जेरार्डलाई बर्खास्त गरेपछि क्लबका प्रवक्ताले स्टेभनको कडा परिश्रम र प्रतिबद्धताको लागि धन्यवाद व्यक्त गरेका छन् ।
भिल्लाले यो सिजन ११ खेल खेल्दा दुई जित, तीन बराबरी र ६ हार बेहोर्दै ९ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान मात्रै माथि छ ।

जेरार्ड ११ महिनाअघि अर्थात २०२१ मा रेन्जर्स छाड्दै भिल्लाको मुख्य प्रशिक्षक बनेका थिए । तर, पुर्व इंग्ल्यान्ड र लिभरपुलका ४२ वर्षे मिडफिल्डरको प्रशिक्षणमा भिल्लाले यो अवधिमा ४० खेल खेल्दा केवल १३ खेलमा मात्रै जित निकाल्न सक्यो ।

फुलहमसँगको हारसँगै जेरार्डले यो हार महँगो परेको र हामी त्यही स्थितिमा पुगेको बताएका थिए । ‘फुलहमसँगको हार हामीलाई महँगो परेको छ । हामी आँफैलाई त्यही स्थितिमा पाएका छौं । मैले त्यस्तै स्थितिमा जिम्मा लिए । हामी टोलीलाई माथि लैजान प्रयास गर्नेछौं ।’ जेरार्डले भने । ‘म लडाकु हुँ । यो मेरो डिएनएमा छ, म लडिरहनेछु ।’

यो भनेको केही समयपछि उनी बर्खास्तीमा परेका हुन् । जेरार्ड बर्खास्तीमा पर्नुअघि टोलीका कप्तान जोन म्याकजिनले फुलहमसँगको हार लाजमर्दाे रहेको बताएका थिए ।

लिभरपुलका लागि ७१० पटक खेलेका जेरार्डले २०१८ मा रेन्जर्ससँग सिनियर व्यवस्थापनमा आफ्नो पहिलो कदम चालेका थिए । १० वर्षमा क्लबलाई पहिलोपटक स्कटिश प्रिमियरसिप उपाधि दिलाएका थिए ।

त्यसअघि, उनले २०१७–१८ सिजनमा अन्डर–१८ टोलीको प्रशिक्षक हुनुअघि लिभरपुलको एकेडेमीमा प्रशिक्षक बनेका थिए । हालै दबाबमा रहेका लेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सले लिभरपुलमा जेरार्डलाई व्यवस्थापन गरेका थिए ।

‘म स्टेभनको लागि एकदमै निराश छु, उसले रेन्जर्समा उत्कृष्ट काम ग¥यो । भिल्लाको महत्वाकांक्षाहरू युरोपका लागि चुनौतीपूर्ण हुनेछन् ।’ रोजर्सले भने । “प्रत्येक दिन प्रशिक्षकले आफ्नो पद गुमाएका वा उनीहरूको जागिर खतरामा परेको देखिन्छ । मलाई लाग्छ स्थिरता र धैर्यता समाप्त हुँदैछ । मलाई विश्वास छ कि समय र धैर्यताका साथ उसले त्यो फुटबल क्लब जान चाहेको ठाउँमा पुग्न सक्छ ।’

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.