default_image

2 years ago

October 22, 2022

रेलिगेसन जोनको नटिङहमसँग लिभरपुल स्तब्ध

197 views

0 Bookmark

एजेन्सी – यो सिजन खराव लयबाट गुज्रिरहेको लिभरपुलले आफ्नो कमजोर प्रदर्शनलाई निरन्तरता दिदा रेलिगेसन जोनमा संघर्ष गरिरहेको नटिङहम फरेस्टसँग स्तब्ध बनेको छ ।

लिभरपुल घरेलु टोली नटिङहमसँग १–० ले स्तब्ध बनेको हो । लिभरपुललाई स्तब्ध पार्न घरेलु टोलीका नाइजेरियन फरवार्ड ताइओ एओनियीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

उनले ५५औं मिनेटमा विलियम्सको फ्रिकिकलाई नियन्त्रणमा लिदै गरेको प्रहार गोलरक्षक एलिसन बेकरले बचाएपनि रिवाउन्डमा उनले गोल गर्न सफल भएका थिए ।

दि सिटी ग्राउन्ड नटिङहममा शनिबार राति भएको खेलमा लिरभपुलले ७६ प्रतिशत बल पोसेसन राख्दै दवाव बढाएपनि घरेलु टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा स्तब्ध बन्न पुग्यो ।

२५ वर्षीय ताइओलाई लिभरपुलले १८ वर्षको उमेरमा क्लबमा आबद्ध गरेको थियो । तर सात सिजनमा ६ पटक लोनमा अन्यत्र क्लबमा बिताएका उनले लिभरपुलबाट एकपटक पनि खेल्ने मौका पाएनन् ।

२०१५ मा लिभरपुलमा आबद्ध भएका उनले जर्मनीको विभिन्न क्लबम ७ सिजन लोनमा बिताएका थिए । उनी २०२१ मा लिभरपुल छाड्दै जर्मन क्लब युनियन बर्लिनमा आबद्ध भएका थिए । त्यहाँ एक सिजन बिताएपछि उनी यसै सिजन नटिङहममा आबद्ध भएका थिए । उनै ताइओले आफ्नो पुर्व क्लबलाई हराउन निर्णायक गोल गरे ।

यो सिजन प्रिमियर लिगमा लिभरपुलको यो तेस्रो हार हो । लिभरपुलले ११ खेल खेल्दा ४ जित, ४ बराबरी र ३ हारको नतिजा निकालेको छ ।

नटिङहमले २४ अगस्टपछि पहिलो जित निकालेको हो । त्यसबेला नटिङहमले इएफएल कपमा ग्रिम्सबीलाई ३–० ले हराएको थियो । त्यसयता नटिङहमले ८ खेल खेल्दा दुई बराबरी र ६ हारको नतिजा निकालेको थियो ।

प्रिमियर लिगमा भने ९ खेलपछि पहिलो जित निकालेको हो । १४ अगस्टमा वेस्ट ह्यामलाई १–० ले हराएयता ९ खेलसम्म जित निकाल्न सकेको थिए । त्यसमा तीन बराबरी र ६ हारको नतिजा छ ।

यस जितसँगै नटिङहम अझैपनि रेलिगेसन जोनमै रहेको छ । नटिङहम १२ खेलबाट ९ अंक जोडेर १९औं स्थानमा रहेको छ । पराजित लिभरपुलले अंक तालिका सुधार रगर्ने अवसर गुमाउँदा ११ खेलबाट १६ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.