default_image

2 years ago

October 23, 2022

क्यासमिरोको गोलमा युनाइटेड हारबाट जोगियो

74 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको अन्तिम समयमा ब्राजिली मिडफिल्डर क्यासमिरोले गोल गरेपछि म्यानचेस्टर युनाइटेड हारबाट जोगिएको छ ।

युनाइटेडले घरेलु टोली चेल्सीसँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । चेल्सीका लागि जर्गिन्होले पेनाल्टीमा गोल गरेपनि त्यसलाई जोगाउन नसक्दा अंक बाड्न बाध्य बन्यो ।

स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको ८७औं मिनेटमा जर्गिन्होले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । बेन चिलवेलको कर्नरमा अर्मान्डो ब्रोजाले बल नियन्त्रणमा लिने क्रममा स्कट म्याकटोमिनेले फउल गर्न पुगेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी प्रदान गर्दा जर्गिन्हो चुकेनन् ।

तर, त्यो अग्रतालाई चेल्सीले बचाउन सकेन । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा क्यासमिरोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए । लुके साको क्रसमा क्यासमिरोको हेडर पोलमा लाग्दै गोलमा परिणत भएको थियो ।

यस बराबरीसँगै चेल्सी ११ खेलबाट २१ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा युनाइटेड १० अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.