default_image

2 years ago

October 23, 2022

डर्टमुन्डको सानदार जित, बायर्न पनि विजयी

एजेन्सी – जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्ड र बायर्न म्युनिखले सफलता हात पारेका छन् । डर्टमुन्डले घरेलु मैदानमा भिएफबी स्टुटगार्टलाई ५–० को भारी अन्तरले पराजित गरेको हो । सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा डर्टमुन्डको जितमा जुडे बेलिङघमले दुई तथा निकोलस सुल, जियोभानी रेना र युसोउफा मौकाकोले गोल गरे । भिएफबी स्टुटगार्टले गोल गरेपनि गोलले […]

80 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्ड र बायर्न म्युनिखले सफलता हात पारेका छन् । डर्टमुन्डले घरेलु मैदानमा भिएफबी स्टुटगार्टलाई ५–० को भारी अन्तरले पराजित गरेको हो ।

सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा डर्टमुन्डको जितमा जुडे बेलिङघमले दुई तथा निकोलस सुल, जियोभानी रेना र युसोउफा मौकाकोले गोल गरे ।

भिएफबी स्टुटगार्टले गोल गरेपनि गोलले मान्यता पाएन । यस जितसँगै डर्टमुन्ड १९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । स्टुटगार्ट ८ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

अर्काे खेलमा बायर्न म्युनिखले होफेनहाइनलाई २–० ले पराजित गरेको छ । बायर्नको जितमा जमल मुसिएला र इरिक म्याक्सिङ चुपो मोटिङले गोल गरे ।

यस जितसँगै बायर्न ११ खेलबाट २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित होफेनहाइन १७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.