default_image

2 years ago

October 24, 2022

भारानले विश्वकप गुमाउने सम्भावना

80 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडका फ्रान्सेली डिफेन्डर राफाएल भारानले फिफा विश्वकप २०२२ कतार गुमाउने सम्भावना बढेको छ । विश्वकप सुरु हुन एक महिना पनि बाँकी नरहेको अवस्थामा भारानले चोट बोकेका हुन् ।

चेल्सीविरुद्ध शनिबार भएको खेलका दौरान भारानको खुट्टामा चोट लागेको हो । पिएर एमेरिक औबामेयाङलाई ट्याकल गर्ने प्रयासमा भारानले चोट बोक्न पुगेका थिए । उनलाई त्यसपछि तुरुन्तै मैदानबाहिर लागिएको थियो । भारानले स्ट्रेचरमा मैदान छोड्न मानेका थिएनन् । तर स्वास्थ्यकर्मीको सहायतामा मैदान छाड्ने क्रममा उनी निकै भावुक देखिएका थिए ।

प्रशिक्षक एरिक टेन हागले भारानको चोटको अवस्थाबारे अहिले केहि भन्न नसकिने बताए । ‘हामीले २४ घण्टा हेरेपछि केहि भन्न सक्छौं । उनी भावुक भएको देखेर पनि हामी अनुमान लगाउन सक्छौं, तर उनले पनि अब परिक्षणको नतिजा कुर्नुपर्छ,’ टेन हागले भने ।

‘भारान अनुभवी छन् र अब स्वास्थ्यकर्मी टोलीले यसको विस्तृत अध्ययन गर्नेछन् । अब उनलाई सहि उपचार गरेर भविष्यबारे हेर्नुपर्छ,’ उनले थपे । उनको प्रारम्भिक परिक्षणले चोट निकै खराब नरहेको बुझिएको छ । तर उनलाई ४ साता ठिक हुन लाग्ने भएको छ । उनले विश्वकपअघि युनाइटेडबाट नखेल्ने पक्का भएको छ ।

सन् २०२१ को समर ट्रान्सफर विन्डोमा युनाइटेड आएका भारान पछिल्लो समय चोटका कारण नियमित खेल्न सकेका थिएनन् । सिजनको सुरुवातमा पनि सामान्य चोट बोकेका उनी पछिल्लो समय उच्च लयमा थिए । उनी र लिसान्द्रो मार्टिनेजको जोडीले युनाइटेडको डिफेन्स सम्हाल्दै आएको थियो ।

सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा टोलीको महत्त्वपूर्ण सदस्य रहेका भारान यसपटक पनि सुरुवाती रोजाइमा खेल्ने अपेक्षा रहेको थियो । अब उनको चोटको अवस्थाले ने विश्वकप भविष्य निर्धारण हुनेछ ।

फिफा विश्वकपमा फ्रान्स समूह डी मा छ । फ्रान्सको समूहमा डेनमार्क, अष्ट्रेलिया र ट्युनिसिया रहेका छन् । नोभेम्बर २० मा सुरु हुने विश्वकपमा फ्रान्सले पहिलो खेल २२ नोभेम्बरमा अष्ट्रेलियासँग खेल्नेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.