default_image

2 years ago

October 24, 2022

गुआर्डीओला भन्छन् – ‘डे ब्रुएन अझै राम्रो बन्न सक्छन्’

87 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओलाले मिडफिल्डर केभिन डे ब्रुएनले अझै राम्रो प्रदर्शन गर्न सक्ने बताएका छन् । शनिबार ब्राइटनविरुद्ध उत्कृष्ट गोल गरेका डे ब्रुएनको प्रशंसा गर्दै गुआर्डीओलाले आफ्नो धारणा राखेका हुन् ।

बेल्जियन मिडफिल्डर डे ब्रुएनले यस सिजन २ गोल र ९ असिस्ट प्रदान गरिसकेका छन् । सिटीले एर्लिङ हालान्ड अनुबन्ध गरेपछि आक्रमणमा डे ब्रुएन अझै छाएका छन् । तर प्रशिक्षक गुआर्डीओलाले आफ्नो उपकप्तानबाट अझ बढी अपेक्षा गरिरहेको बताउँछन् ।

‘केभिन अझ राम्रो हुन सक्छन्,’ गुआर्डीओलाले खेलपछि भने,’ उनी आफ्नो उच्च स्तरमा खेलिरहेका छैनन् । अझै छैन ।’

‘उनको गोल उत्कृष्ट थियो । दर्शनीय गोल । तर उनी आफ्नो उच्च लयमा भने खेलिरहेका छैनन् । उनी आफैंलाई पनि यो थाहा छ । मैले उनीसँग छलफल गरेको छु तर मैले उनलाई यो भनिरहन पर्दैन ।’

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.