default_image

2 years ago

October 23, 2022

जेरार्ड बर्खास्तपछिको पहिलो खेलमै भिल्लाको सानदार जित

134 views

0 Bookmark

एजेन्सी – स्टेभन जेरार्डलाई बर्खास्त गरेपछिको पहिलो खेलमै एस्टन भिल्लाले सानदार जित निकालेको छ । भिल्लाले घरेलु मैदानमा ब्रेन्टफर्डमाथि ४–० को सानदार जित दर्ता गरेको हो ।

भिल्ला पार्कमा आइतबार राति भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा ड्यानी इंग्सले दुई तथा लियोन बेइली र ओले वाटकिन्सले समान एक गोल गरे ।

गत साता फुलहमसँग ३–० ले पराजित भएपछि भिल्लाले जेरार्डलाई बर्खास्त गरेको थियो । त्यसपछिको पहिलो खेलमै भिल्लाले फराकिलो जित निकालेको हो । यसअघि जेरार्डको प्रशिक्षणमा यो सिजन ११ खेल खेल्दा दुई जित, तीन बराबरी र ६ हार बेहोरेको थियो ।

जेरार्ड ११ महिनाअघि रेन्जर्स छाड्दै भिल्लाको मुख्य प्रशिक्षक बनेका थिए । तर, पुर्व इंग्ल्यान्ड र लिभरपुलका ४२ वर्षे मिडफिल्डरको प्रशिक्षणमा भिल्लाले यो अवधिमा ४० खेल खेल्दा केवल १३ खेलमा मात्रै जित निकाल्न सकेको थियो ।

खेलको दोस्रो मिनेटमा नै लियोन बेइलीको गोलबाट भिल्लाले अग्रता लियो । उनले डगलस लुइसको पासमा गोल गर्न सफल भए । सातौं मिनेटमा ड्यानी इंग्सले गोल गर्दै भिल्लाको अग्रता दोब्बर पारे । उनले लियोन बेइलीको पासमा गोल गर्न सफल भएका थिए ।

१४औं मिनेटमा ड्यानी इंग्सले पेनाल्टीमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि भिल्लाले सुरुवाती १४ मिनेटको अन्तरमै ३–० को आरामदायी अग्रता लिन सफल भयो । त्यसपछि ५९औं मिनेटमा ओले वाटकिन्सले गोल गर्दै भिल्लाको सहज जित पक्का गरे ।

यस जितसँगै भिल्लाले रेलिगेसन क्षेत्र छाडेको छ । भिल्ला १२ खेलबाट १२ अंक जोडेर १४औं स्थानमा उक्लिएको छ । पराजित ब्रेन्टफर्ड १४ अंक जोडेर १०औं स्थानमा छ ।

यस्तै अर्काे खेलमा लेस्टर सिटीले वल्भ्सलाई ४–० ले पराजित गरेको छ । लेस्टरको जितमा युरी टिलेमान्स, हार्भे बार्नेस, जेम्स म्याडिसन र जेमी भार्डीले गोल गरे ।

यस्तै अर्काे खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा शीर्षस्थानमा रहेको लन्डन क्लब आर्सनलले साउथह्याम्टनसँग १–१ गोलको बराबरी खेलेको छ । आर्सनलका ग्रानिट झाँकाले गोल गर्दा घरेलु टोलीका स्टुआर्ट आम्र्सट्रङले बराबरी गोल फर्काए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.