2 years ago
October 24, 2022
एजेन्सी – फ्रान्सेली विंगर औसमाने डेम्वेलेले एक गोलसँगै तीन असिस्ट प्रदान गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ ।
बार्सिलोनाले घरेलु मैदानमा एथलेटिको बिल्वाओमाथि ४–० को सानदार जित निकाल्दै शीर्षस्थानमा रहेको रियल म्याड्रिडसँगको अंक दुरी छोट्याएको हो ।
आइतबार राति भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा औसमाने डेम्वेले, सर्जी रोबर्टाे, रोबर्ट लेवान्डोस्की र फेरान टोरेसले गोल गरे । बार्सिलोनाले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल थपेको थियो ।
क्याम्प नोउमा बार्सिलोनाले खेलको १२औं मिनेटमा डेम्वेलेको गोलबाट अग्रता लिएको थियो । उनले लेवान्डोस्कीको पासमा गोल गर्न सफल भएका थिए । १८औं मिनेटमा सजी रोबर्टाेले डेम्वेलेको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।
२२औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए । उनले डेम्वेलेको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसपछि ७३औं मिनेटमा परिवर्तित खेलाडी फेरान टोरेसले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे । ६३औं मिनेटमा पेड्रीको स्थानमा मैदान छिरेका टोरेसले त्यसको १० मिनेटपछि डेम्वेलेको पासमा गोल गर्न सफल भएका थिए ।
बार्सिलोनाले रियलसँगको अंक दुरी ३ मा छोट्याएर रियलमाथि दवाव बढाएको छ । यस नतिजासँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाको ११ खेलबाट २८ अंक पुगेको छ । समान खेलबाटै शीर्षमा रहेको रियलको ३१ अंक छ । पराजित विल्वाओ १८ अंक जोडेर छ्रैटौं स्थानमा छ ।
February 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]
February 10, 2025
हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]
February 10, 2025
हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]