default_image

1 year ago

October 24, 2022

एट्लेटिकोको जितमा ग्रिजमनको दुई गोल

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनको दुई गोल सहयोगमा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा झिनो जित निकालेको छ । एट्लेटिकोले घरेलु टोली रियल बेटिसलाई २–१ ले पराजित गरेको हो । घरेलु टोलीका नविल फेकिरले एक गोल फर्काए । सेभियामा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको शुरुमै रियल […]

47 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनको दुई गोल सहयोगमा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा झिनो जित निकालेको छ । एट्लेटिकोले घरेलु टोली रियल बेटिसलाई २–१ ले पराजित गरेको हो ।

घरेलु टोलीका नविल फेकिरले एक गोल फर्काए । सेभियामा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको शुरुमै रियल बेटिसका लुइज हर्नान्डेजले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा घरेलु टोली अग्रता लिनबाट चुक्यो । ५४औं मिनेटमा ग्रिजमनले गोल गर्दै एट्लेटिकोलाई १–० को अग्रता दिलाए ।

७१औं मिनेटमा ग्रिजमनले व्यक्तिगत र टोलीका लासग दोस्रो गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे । उनले म्याथिअस कुन्हाको पासलाई सदुपयोग गरेका थिए ।

८४औं मिनेटमा नविल फेकिरले फ्रिकिकबाट सिधै गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा एट्लेटिको विजयी हुन सफल भयो ।

यस जितसँगै एट्लेटिको ११ खेलबाट २३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । समान २३ अंक न रहेपनि रियल सोसिडाड चौथोमा झरेको छ । पराजित रिल बेटिस २० अंक जोडेर पाँचौं स्थानमा यथावत रहेको छ ।

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

April 14, 2024

लेभरकुसनलाई पहिलोपटक बुन्डेसलिगा उपाधि

एजेन्सी – जाभी अलोन्सोको प्रशिक्षणमा रहेको बायर लेभरकुसनले क्लब इतिहासमा पहिलोपटक बुन्डेसलिगाको उपाधि जितेको छ । आईतबार वेर्डर ब्रेमन माथि ५-० को सहज जित संगै लेभरकुसनको पहिलो लिग उपाधि पक्का भएको हो । लेभरकुसनको जितमा फ्लोरियन विर्ट्जले ह्याट्रिक पूरा गरे भने भिक्टर बोनिफेशले र ग्रानिट झाकाले खेलमा एक-एक गोल गरे । ९०औं मिनेटमा विर्ट्जले गोल […]

April 14, 2024

उपाधि आकांक्षी लिभरपुल स्तब्ध

एजेन्सी – प्रशिक्षक योर्गन क्लपको अन्तिम सिजनको सुखद अन्त्य गर्ने आशामा रहेको लिभरपुलको उपाधि आकांक्षामा धक्का लागेको छ । पछिल्लो हप्ता म्यानचेस्टर युनाइटेड विरुद्ध बराबरी खेलेको लिभरपुल आज भने क्रिस्टल प्यालेस विरुद्ध पराजित भएको हो । क्रिस्टल प्यालेसले लिभरपुलकै घरेलु मैदानमा १-० को जित हासिल गरेको हो । प्यालेसको जितमा एबेरिचे एजेले खेलको १४औं मिनेटमा […]

Success

Thank you for your time.