default_image

2 years ago

October 24, 2022

जाभीको बार्सिलोनामा जम्दै लेवान्डोस्की

155 views

0 Bookmark

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको आगमनसँगै बार्सिलोनाको आक्रमण मजबुत हुने अपेक्षा गरिएको थियो । तर उनले पछिल्लो समय गरेको प्रदर्शनले बार्सिलोना र क्लबका प्रशिक्षक पनि चकित परेको अवस्था छ ।

नहुन् पनि कसरी, गत सिजन क्लबमा जाभीको आगमनपछि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा लेवान्डोस्कीले नै शीर्षस्थान कब्जा गरेका छन् । उनले जम्मा २ महिनामा यो उपलब्धि हासिल गरे । यति मात्र होइन, उनले आफूपछि दोस्रो स्थानमा रहेका खेलाडीलाई ५ गोलले पछि पारेका छन् ।

लेवान्डोस्कीले जाभी युगको उत्कृष्ट फरवार्डको भूमिकामा स्थापित हुन १२ खेल मात्र खेलेका छन् । यसअघि जाभीको प्रशिक्षणमा गाबोनका फरवार्ड पिएर एमेरिक औबामेयाङ थिए । उनले ६ महिनामा १२ गोल गरेका थिए । तर लेवान्डोस्कीले क्लबका लागि १६ खेल खेल्दै १७ गोल गरिसकेका छन् ।

स्पेनिस लिगमा लेवान्डोस्की १२ गोलसहित सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने पिचिची अवार्डको दावेदार बनेका छन् । यसका लागि उनलाई बोर्जा इग्लेसस र जोसेलुले ७ गोल गर्दै पछ्याएका छन् । च्याम्पियन्स लिगमा पनि ४ खेलमा ५ गोल गर्दै उनी सर्वाधिक गोलकर्ता नै छन् । तर क्लबको कमजोर प्रदर्शनका कारण समूह चरणपछि युरोपा लिगमा खेल्नुपर्ने सम्भावना देखिन्छ ।

जाभीको आगमनपछि क्लबले १ सय गोल पनि पूरा गरेको छ । क्लबले ५२ खेलमा १ सय १ गोल गरेको छ । यसमध्य ७८ गोल लिगमा भएको छ भने ८ गोल च्याम्पियन्स लिग र १० गोल युरोपा लिगमा सम्भव भयो । क्लबले कोपा डेल रेमा ४ र स्पेनिस सुपर कपमा २ गोल गरेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.