2 years ago
October 25, 2022
एजेन्सी – इंग्ल्यान्डको राष्ट्रिय टोली र म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर माइकल क्यारिक पहिलो पटक मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनलाई दोस्रो श्रेणीको क्लब मिडल्सब्रोले प्रशिक्षक पदमा नियुक्त गरेको हो ।
म्यानचेस्टर युनाइटेडले गत सिजन ओले गुनार सोल्साएरलाई बर्खास्त गरेपछि तीन खेलका लागि कार्यवाहक प्रशिक्षक बनेका क्यारिक त्यसयता जिम्मेवारीमा थिएनन् । उनले सन् २०१८ मा खेल जीवनबाट सन्न्यास लिएपछि प्रशिक्षणमा लागेका थिए । उनले युनाइटेडमा जोसे मोउरिन्होको नेतृत्वमा केहि समय काम गरेका थिए ।
मोउरिन्होको बर्खास्तीपछि क्यारिक सोल्साएरको प्रशिक्षण टोलीमा भने झन्डै तीन वर्ष साथमा रहे । सोल्साएर पदमुक्त भएपछि क्यारिकले तीन खेलमा कार्यवाहकको जिम्मेवारी सम्हालेका थिए । त्यसबेला उनले च्याम्पियन्स लिगमा भिल्लारियल र प्रिमियर लिगमा आर्सनलविरुद्ध जित दिलाएका थिए । त्यसबीचमा चेल्सीविरुद्ध खेल भने बराबरीमा सकिएको थियो ।
४१ वर्षीय क्यारिकले क्रिस वाइल्डर बर्खास्त भएपछि पूर्णकालिन प्रशिक्षकको जिम्मेवारी पाएका हुन् । जारी सिजन ११ खेलमा २ जित मात्र हात पारेपछि क्लबले वाइल्डरलाई बर्खास्त गरेको थियो । त्यसपछि क्लबले लिओ पेर्कोभिचलाई कार्यवाहकको जिम्मेवारी सुम्पिएको थियो । उनले ५ खेलमा ७ अंक दिलाए ।
क्यारिकले विश्वकपअघि ५ खेलमा टोलीको नेतृत्व गर्नेछन् । क्लब हाल रेलिगेसन क्षेत्रबाट १ अंक र १ स्थान माथि छ । उनलाई क्लबकै पूर्व प्रशिक्षक जोनाथन वुडगेटले सहायकको भूमिकामा रहेर सघाउनेछन् ।
क्यारिकले खेल जीवनमा युनाइटेडसँगै वेस्ट ह्याम र टोटेनहमका लागि खेले । १२ वर्ष प्रिमियर लिगमा खेलेका उनले ४ सय ६३ खेल खेले । उनले १७ उपाधि जितेका थिए । सन् २००६ र २०१० को विश्वकप खेलेका उनले इंग्ल्यान्डका लागि ३४ खेल खेले ।
February 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]
February 10, 2025
हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]
February 10, 2025
हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]