default_image

2 years ago

October 25, 2022

च्याम्पियन्स लिग : नकआउट चरण पुग्न कसलाई के आवश्यक?

127 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको चार खेल समाप्त भइसकेको छ । पाँच टोलीले नकआउट चरणमा स्थान पक्का गर्दा ११ स्थानको टुंगो हुन बाँकी छ ।

प्रिमियर लिगबाट म्यानचेस्टर सिटीले अन्तिम १६ मा स्थान पक्का गर्दा लिभरपुल, चेल्सी र टोटेनहमले अझै अंक जोड्न बाँकी छ । हालसम्म सिटीसँगै नेपोली, क्लब ब्रुजा, बायर्न म्युनिख र रियल म्याड्रिडले नकआउट चरणमा स्थान बनाइसकेका छन् । सहभागी ३२ क्लबमध्य सेल्टिक, रेन्जर्स र भिक्टोरिया प्लेजन मात्र समूह चरणबाट बाहिरिने पक्का भएको छ ।

समूह ए :

नेपाली १२, लिभरपुल ९, आयाक्स ३, रेन्जर्स ०

नेपोली १२ अंक जोड्दै अन्तिम १६ मा पुगेको छ । अब ९ अंकसहित दोस्रो स्थानमा रहेको लिभरपुलले आयाक्सविरुद्ध बराबरी खेलेपनि अर्को चरणमा पुग्नेछ ।

समूह बी :

क्लब ब्रुजा १०, पोर्टो ६, एटलेटिको म्याड्रिड ४, बायर लेभरकुसन ३

क्लब ब्रुजा यस समूहमा ४ खेलमा १० अंकसहित अपराजित रहेर अघि बढिसकेको छ । पोर्टो (६ अंक) र एटलेटिको म्याड्रिड (४ अंक) दुवै एक अर्कासँग अन्तिम खेल खेल्न बाँकी छ । आज पोर्टो जितेर एटलेटिको हार्दा भने पोर्टो अन्तिम १६ मा जानेछ ।

समूह सी :

बायर्न म्युनिख १२, इन्टर मिलान ७, बार्सिलोना ४, भिक्टोरिया प्लेजन ०

बायर्न म्युनिख १२ अंक जोड्दै अघि बढिसकेको छ । इन्टर मिलानले बुधबार पहिलो खेलमा भिक्टोरिया प्लेजनलाई पराजित गरे अन्तिम १६ मा पुग्नेछ । यसो हुँदा बार्सिलोना बायर्नविरुद्ध खेल्नुअघि नै युरोपा लिगमा पुगिसकेको हुनेछ ।

समूह डी :

टोटेनहम हट्सपर ७, मार्से ६, स्पोर्टिङ लिस्बन ६, आइनट्राक्ट फ्रान्कफर्ट ४

टोटेनहमले लिस्बनलाई पराजित गरे अन्तिम १६ मा स्थान पक्का गर्नेछ । स्पर्सको जितसँगै मार्सेले फ्रान्कफर्टलाई पराजित गरे फ्रान्सेली टोलीले पनि अर्को चरणमा स्थान बनाउनेछ ।

समूह ई :

चेल्सी ७, साल्जबर्ग ६, एसी मिलान ४, डिनामो जाग्रेब ४

चेल्सीले साल्ज्बर्गलाई पराजित गरे अन्तिम १६ मा स्थान बनाउनेछ । एसी मिलानले जाग्रेबलाई पराजित गरेको अवस्थामा भने चेल्सीलाई शीर्ष २ मा बस्न बराबरी पर्याप्त हुनेछ । साल्जबर्गले अन्तिम १६ मा पुग्न चेल्सीलाई हराएर मिलानको हारको कामना गर्नुपर्नेछ ।

समूह एफ :

रियल म्याड्रिड १०, आरबी लाइप्जिग ६, शाख्तर डोनेस्क ५, सेल्टिक १

लाइप्जिगले रियलमाथि जित हासिल गर्दै सेल्टिक विजयी भए जर्मन टोलीले अन्तिम १६ मा स्थान पक्का गर्नेछ । सेल्टिकले भने युरोपा लिगमा पुग्न जित दर्ता गर्नुपर्नेछ ।

समूह जी :

म्यानचेस्टर सिटी १०, बोरुसिया डर्टमुन्ड ७, सेभिया २, कोपेनहेगन २

डर्टमुन्डले सिटीलाई हराए अर्को चरणमा स्थान पक्का गर्नेछ । यस्तै सेभिया र कोपेनहेगनले बराबरी खेले आफ्नो खेल नाखेल्दै जर्मन टोली अघि बढ्नेछ ।

समूह एच :

पेरिस सेन्ट जर्मेन ८, बेन्फिका ८, युभेन्ट्स ३, मक्कबी हाइफा ३

बेन्फिका र पिएसजी दुवै आ-आफ्नो खेलमा जित हासिल गर्दै अघि बढ्न सक्छन् । युभेन्ट्स भने अर्को चरणमा पुग्ने सम्भावना कायम राख्न बेन्फिकाको मैदानमा जित्नुपर्ने बाध्यतामा छ ।

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

Success

Thank you for your time.