default_image

2 years ago

October 25, 2022

च्याम्पियन्स लिगमा आज ८ खेल

179 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूह चरण अन्तर्गत ४ समूहको खेल हुँदैछ । समूह चरण अन्तर्गत पाँचौ चरणको खेलले समूहबाट अघि बढ्ने, युरोप लिगमा झर्ने र युरोपबाट बाहिरिने टोलीको समिकरण थप प्रष्ट पार्नेछ ।

समूह ई : चेल्सी ७, साल्जबर्ग ६, एसी मिलान ४, डिनामो जाग्रेब ४

साल्जबर्ग विरुद्ध चेल्सी – रातको १०:३० बजे

डिनामो जाग्रेब विरुद्ध एसी मिलान – मध्यरात १२:४५ बजे

चेल्सीले साल्ज्बर्गलाई पराजित गरे अन्तिम १६ मा स्थान बनाउनेछ । एसी मिलानले जाग्रेबलाई पराजित गरेको अवस्थामा भने चेल्सीलाई शीर्ष २ मा बस्न बराबरी पर्याप्त हुनेछ । साल्जबर्गले अन्तिम १६ मा पुग्न चेल्सीलाई हराएर मिलानको हारको कामना गर्नुपर्नेछ ।

समूह एफ : रियल म्याड्रिड १०, आरबी लाइप्जिग ६, शाख्तर डोनेस्क ५, सेल्टिक १

सेल्टिक विरुद्ध डोनेस्क – मध्यरात १२:४५ बजे

लाइप्जिग विरुद्ध रियल म्याड्रिड – मध्यरात १२:४५ बजे

लाइप्जिगले रियलमाथि जित हासिल गर्दै सेल्टिक विजयी भए जर्मन टोलीले अन्तिम १६ मा स्थान पक्का गर्नेछ । सेल्टिकले भने युरोपा लिगमा पुग्न जित दर्ता गर्नुपर्नेछ ।

समूह जी : म्यानचेस्टर सिटी १०, बोरुसिया डर्टमुन्ड ७, सेभिया २, कोपेनहेगन २

सेभिया विरुद्ध कोपनहेगन – रातको १०:३० बजे

डर्टमुन्ड विरुद्ध म्यानचेस्टर सिटी – मध्यरात १२:४५ बजे

डर्टमुन्डले सिटीलाई हराए अर्को चरणमा स्थान पक्का गर्नेछ । यस्तै सेभिया र कोपेनहेगनले बराबरी खेले आफ्नो खेल नाखेल्दै जर्मन टोली अघि बढ्नेछ ।

समूह एच : पेरिस सेन्ट जर्मेन ८, बेन्फिका ८, युभेन्ट्स ३, मक्कबी हाइफा ३

बेन्फिका विरुद्ध युभेन्टस – मध्यरात १२:४५ बजे

पिएसजी विरुद्ध मक्कबी हाइफा – मध्यरात १२:४५ बजे

बेन्फिका र पिएसजी दुवै आ-आफ्नो खेलमा जित हासिल गर्दै अघि बढ्न सक्छन् । युभेन्ट्स भने अर्को चरणमा पुग्ने सम्भावना कायम राख्न बेन्फिकाको मैदानमा जित्नुपर्ने बाध्यतामा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.