default_image

2 years ago

October 26, 2022

रियल म्याड्रिड च्याम्पियन्स लिगमा पराजित

175 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह एफको खेलमा रियल म्याड्रिडले हार बेहोरेको छ । जर्मन टोली आरबी लाइप्जिगले रियललाई ३-२ ले पराजित गरेको हो ।

घरेलु मैदानमा लाइप्जिगले एक समय पहिलो हाफमा २-० को अग्रता लिएको थियो । खेलको १३ औं मिनेटमा जोसको भार्दिओलले गोल गर्दै लाइप्जिगलाई अघि बढाए । १८ औं मिनेटमा क्रिस्टोफर एनकुनकुले गोल गर्दै रियललाई स्तब्ध पार्ने संकेत दिएका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा भिनिसियस जुनिअरले गोल गरे । उनले मार्को एसेन्सियोको क्रसलाई हेडरमार्फत गोल गरेका थिए । तर ८१ औं मिनेटमा टिमो वेर्नरले काउन्टर अट्याकमा गोल गर्दै पुन: घरेलु टोलीलाई २ गोलले अघि बढाए । रोड्रीगोले इन्ज्युरी समयमा पेनाल्टीमा गोल गरेपनि खेलको नतिजा बदल्न सकेनन् ।

यस समूहको अर्को खेलमा सेल्टिक र शाख्तर डोनेस्कले १-१ को बराबरी खेले । सेल्टिकले पहिलो हाफमा जिर्जस जिआकौमाकिसको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा मुखालो मुद्रिकले उत्कृष्ट एकल गोल गर्दै खेल बराबरी गरे ।

अंक तालिकामा रियल ५ खेलमा १० अंक जोड्दै शीर्षस्थानमा छ । लाइप्जिगको ५ खेलमा ९ अंक र शाख्तरको ५ खेलमा ६ अंक छ । सेल्टिक २ अंक जोड्दै समूह चरणबाट बाहिरिसकेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.