default_image

2 years ago

October 26, 2022

एसी मिलानको सानदार जित

133 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा एसी मिलानले सानदार जित दर्ता गर्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

मिलानले घरेलु टोली डिनामो जाग्रिवलाई ४–० को सानदार जित निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको हो ।

जाग्रिवमा मंगलबार राति भएको एकपक्षीय खेलमा मिलानको जितमा माटियो गाविया, राफायल लियो र ओलिभर जिरुउडले गोल गर्दा एक गोल उपहार पाएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको मिलानले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

३९औं मिनेटमा माटियो गाब्बियाले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाए । उनले सान्द्रो टोनालीको पासमा गोल गर्न सफल भएका थिए । ४९औं मिनेटमा राफायल लियाले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।

५९औं मिनेटमा ओलिभर जिरुउडले पेनाल्टीमा गोल गर्दै मिलानलाई ३–० ले अघि बढाए । त्यसपछि रोबर्टले आत्मघाती गोल गरेपछि मिलानले सानदार जित निकाल्न सफल भयो ।

यस जितसँगै मिलानले समूह ‘ईं’ मा ५ खेलबाट ७ अंक जोडेको छ । पराजित डिनामो ४ अंक जोडेर पुछारमा छ । यो समूहबाट चेल्सी १० अंक जोडेर शीर्षस्थानमा रहेर प्रि–क्वाटरफाइनलमा पुगिसकेको छ ।

अब यो समूहबाट मिलान र साल्जवर्गमध्येबाट एक टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन् । अब मिलान र साल्जवर्गबीच अर्काे साता प्रतिस्पर्धा हुँदैछ । यस खेलमा सफलता हात पार्ने टोलीले नकआउट चरणमा स्थान बनाउनेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.