default_image

2 years ago

October 26, 2022

रियल म्याड्रिडको सिजनको पहिलो हार

161 views

0 Bookmark

एजेन्सी – स्पेनिस महराथी रियल म्याड्रिडले यस सिजनमा पहिलो हार बेहोरेको छ । च्याम्पियन्स लिगको समूह चरणमा जर्मन क्लब आरवी लाइप्जिगसँग ३–२ ले पराजित भएसँगै रियलले यस सिजनमा पहिलो हार बेहोरेको हो ।

यस सिजनअघिको मैत्रीपूर्ण खेलमा बार्सिलोनासँग १–० ले पराजित भएयताको सबै खेलमा रियल अपराजित रहेको छ । यस अवधिमा रियलले १७ आधिकारिक खेल खेल्दा सिजनको पहिलो हार बेहोरेको हो । जसमा १३ जित, २ बराबरी र १ हारको नजिता छ ।

अघिल्लो सिजन च्याम्पियन्स लिग, स्पेनिस ला लिगा र सुपरकोपा जितिसकेको रियलले यस सिजन पनि सोही अनुरुपको प्रदर्शन गरिरहेको रियलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

रियलका लागि कप्तान करिम बेन्जेमा र गोलरक्षक थिवाउट कोर्टुवाले चोटका कारण केही खेल गुमाउँदा टोलीमा ब्राजिली युवा खेलाडीद्धय भिनिसियस जुनियर र रोड्रिगोसँगै फेडे भाल्भेर्डेले उच्च प्रदर्शन गरिरहेका छन् । उनीहरुलाई लुका मोड्रिच, टोनी क्रुस, ओरेलिएन चुआमेनी, इडुआर्डाे कामाभिंगा, एन्टेनियो रुडिगर र डेभिड अलाबाले साथ दिइरहेका छन् ।

मंगलबार राति भएको खेलमा रियललाई सिजनको पहिलो हार चखाउन जोसको भार्दिओल, क्रिस्टोफर एनकुनकु र टिमो वेर्नरले गोल गरे । रियलका भिनिसियस जुनियर र रोड्रिगोले गोल गरेपनि हार टार्न सकेन ।

रेडबुल एरिना लाइप्जिगमा मंगलबार राति भएको खेलको १३औं मिनेटमा जोसको भार्दिओलले गोल गर्दै लाइप्जिगलाई अघि बढाए । १८औं मिनेटमा क्रिस्टोफर एनकुनकुले गोल गर्दै रियललाई स्तब्ध पार्ने संकेत दिएका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा भिनिसियस जुनिअरले गोल गरे । उनले मार्को एसेन्सियोको क्रसलाई हेडरमार्फत गोल गरेका थिए । तर ८१औं मिनेटमा टिमो वेर्नरले काउन्टर अट्याकमा गोल गर्दै पुनः घरेलु टोलीलाई दुई गोलले अघि बढाए । रोड्रिगोले इन्ज्युरी समयमा पेनाल्टीमा गोल गरेपनि खेलको नतिजा बदल्न सकेनन् ।

यस नतिजासँगै अंक तालिकामा रियल ५ खेलमा १० अंक जोड्दै शीर्षस्थानमा छ । लाइप्जिगको ५ खेलमा ९ अंक र शाख्तरको ५ खेलमा ६ अंक छ । सेल्टिक २ अंक जोड्दै समूह चरणबाट बाहिरिसकेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.