default_image

2 years ago

October 26, 2022

च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै

126 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत आज ४ समूहको विभिन्न ८ खेल हुँदैछ । समूह ए देखि समूह डी सम्म टोलीहरु नकआउट चरणमा पुग्न प्रयासरत छन् ।

आज हुने खेलबाट कतिपय समूहमा युरोपा लिग पुग्ने टोलीको पनि टुंगो लाग्नेछ । विशेषगरी पूर्व विजेता बार्सिलोनाले आज आफ्नो खेल नखेल्दै समूह चरणबाट बाहिरिने सम्भावना छ । लिभरपुल पनि आयाक्सको मैदानमा अंक जोड्दै अन्तिम १६ मा प्रवेश गर्न चाहन्छ ।

समूह ए : नेपाली १२, लिभरपुल ९, आयाक्स ३, रेन्जर्स ०

आयक्स विरुद्ध लिभरपुल – मध्यरात १२:४५ बजे

नेपोली विरुद्ध रेन्जर्स – मध्यरात १२:४५ बजे

नेपोली १२ अंक जोड्दै अन्तिम १६ मा पुगेको छ । अब ९ अंकसहित दोस्रो स्थानमा रहेको लिभरपुलले आयाक्सविरुद्ध बराबरी खेलेपनि अर्को चरणमा पुग्नेछ ।

समूह बी : क्लब ब्रुजा १०, पोर्टो ६, एटलेटिको म्याड्रिड ४, बायर लेभरकुसन ३

क्लब ब्रुजा विरुद्ध एफसी पोर्टो – रातको १०:३० बजे

एटलेटिको म्याड्रिड विरुद्ध बायर लेभरकुसन – मध्यरात १२:४५ बजे

क्लब ब्रुजा यस समूहमा ४ खेलमा १० अंकसहित अपराजित रहेर अघि बढिसकेको छ । पोर्टो (६ अंक) र एटलेटिको म्याड्रिड (४ अंक) दुवै एक अर्कासँग अन्तिम खेल खेल्न बाँकी छ । आज पोर्टो जितेर एटलेटिको हार्दा भने पोर्टो अन्तिम १६ मा जानेछ ।

समूह सी : बायर्न म्युनिख १२, इन्टर मिलान ७, बार्सिलोना ४, भिक्टोरिया प्लेजन ०

इन्टर मिलान विरुद्ध भिक्टोरिया प्लेजन – रातको १०:३० बजे

बार्सिलोना विरुद्ध बायर्न म्युनिख – मध्यरात १२:४५ बजे

बायर्न म्युनिख १२ अंक जोड्दै अघि बढिसकेको छ । इन्टर मिलानले बुधबार पहिलो खेलमा भिक्टोरिया प्लेजनलाई पराजित गरे अन्तिम १६ मा पुग्नेछ । यसो हुँदा बार्सिलोना बायर्नविरुद्ध खेल्नुअघि नै युरोपा लिगमा पुगिसकेको हुनेछ ।

समूह डी : टोटेनहम हट्सपर ७, मार्से ६, स्पोर्टिङ लिस्बन ६, आइनट्राक्ट फ्रान्कफर्ट ४

टोटेनहम विरुद्ध स्पोर्टिङ लिस्बन – मध्यरात १२:४५ बजे

फ्रान्कफर्ट विरुद्ध मार्से – मध्यरात १२:४५ बजे

टोटेनहमले लिस्बनलाई पराजित गरे अन्तिम १६ मा स्थान पक्का गर्नेछ । स्पर्सको जितसँगै मार्सेले फ्रान्कफर्टलाई पराजित गरे फ्रान्सेली टोलीले पनि अर्को चरणमा स्थान बनाउनेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.