default_image

2 years ago

October 27, 2022

बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणबाटै बाहिरियो

276 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको छ । बुधबार इन्टर मिलानले आफ्नो खेलमा जित निकालेपछि बार्सिलोना बायर्न म्युनिखविरुद्ध खेल्नुअघि नै युरोपा लिग खेल्ने टुंगो लागेको थियो । समूहको पाँचौ खेलमा पनि बार्सिलोना बायर्नसँग ३-० ले पराजित भयो ।

बुधबार भएको पहिलो खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजनलाई ४-० ले पराजित गरेको थियो । उक्त नतिजासँगै बार्सिलोना समूहको तेस्रो स्थानमा रहने पक्का भएको थियो । इन्टरका लागि एडिन जेकोले दुइ तथा रोमेलु लुकाकु र हेनरिक मिखीतार्यानले १-१ गोल गरे । इन्टर ५ खेलमा १० अंकसाथ शीर्ष २ मा रहने पक्का भएको थियो ।

तर बुधबार नै दोस्रो खेलमा बायर्नले बार्सिलोनालाई ३-० ले पराजित गरेपछि जर्मन टोली समूह विजेता बनेको हो । बायर्नले लगातार पाँचौ खेलमा जित हासिल गर्ने क्रममा राम्रो प्रदर्शन गर्यो । जर्मन तलिका लागि साडियो माने, एरिक चुपो मोटीङ र बेन्जामिन पाभार्डले गोल गरे ।

बायर्नले ५ खेलमा १५ अंक जोड्दै शीर्षस्थानमा रहने पक्का गर्यो । इन्टर ५ खेलम १० अंकसाथ दोस्रो स्थानमा रहने पक्का भएको छ । बार्सिलोनाले ५ खेलमा ४ अंक जोड्दै युरोपा लिगमा घटुवा भएको छ । पुछारको भिक्टोरिया प्लेजन अंकविहिन छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.