default_image

2 years ago

October 27, 2022

सलाह चम्कँदा लिभरपुलको सानदार जित

109 views

0 Bookmark

एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले एक गोलसँगै एक असिस्ट प्रदान गरेपछि लिभरपुलले सानदार जितका साथ च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ ।

लिभरपुलले आयाक्सको मैदानमा ३–० को जित निकालेको हो । लिभरपुलको सहज जितमा मोहम्मद सलाह, डार्विन नुनेज र हार्भे इलिओटले गोल गरे । पहिलो हाफमा १–० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा दुई गोल थप्दै जित पक्का गर्यो ।

योहान क्रुएफ एरिना हाम्सटर्डममा बुधबार राति भएको खेलको ४२औं मिनेटमा मोहम्मद सलाहको गोलबाट लिभरपुलले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उनले जोर्डन हेन्डरसनको पासमा गोल गर्न सफल भएका थिए ।

४९औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । उनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ५२औ मिनेटमा सलाहको पासमा हार्भे इलिओटले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे ।

यस जितसँगै लिभरपुलले समूह ‘ए’ मा ५ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित आयाक्स ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा रेन्जर्स अंकविहीन हुँदै पुछारमा छ ।

यही समूहको अर्काे खेलमा इटालियन क्लब नेपोलीले स्कटिस क्लब रेन्जर्सलाई ३–० ले पराजित गरेको छ । नेपोलीको जितमा जियोभानी सिमिओनले दुई तथा लियो ओस्टिगार्डले एक गोल गरे । नेपोलीले समूह चरणको सबै ५ खेलमा जित हासिल गरेको छ ।

यस जितसँगै नेपोली ५ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा रहँदा पराजित रेन्जर्स अंकविहीन हुँदै पुछारमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.