default_image

2 years ago

October 27, 2022

टोटेनहम बराबरीमा रोकिँदा सबै टोलीको सम्भावना कायम

120 views

0 Bookmark

एजेन्सी – ह्यारी केनले इन्ज्युरी समयको अन्तिम मिनेटमा गरेको विजयी गोलले भीएआरबाट मान्यता नपाउँदा टोटेनहम हट्सपर युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह डी को खेलमा स्पोर्टिङ लिस्बनसँग २-२ को बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा टोटेनहमले पहिलो हाफ फितलो प्रदर्शन गरेपनि दोस्रो हाफमा सुधारेको थियो । टोटेनहमकै पूर्व खेलाडी मार्कस एड्वार्ड्सले २२ औं मिनेटमा पाहुना टोलीलाई अग्रता दिलाएका थिए । उनले एकल प्रयासमा सुन्दर गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध पारे ।

तर दोस्रो हाफको ८० औं मिनेटमा रोड्रीगो बेन्टानकुरले गोल गरे । उनले इभान पेरिसिचको क्रसलाई हेडरमार्फत गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए । इन्ज्युरी समयमा केनले गोल गरेपनि रेफ्रीले भीएआरको सहायता लिँदै त्यसलाई मान्यता दिएनन् । गोलअघि मुभमा अफसाइड भएको भनेपनि उक्त निर्णय प्रष्ट नहुँदा निकै विवाद भएको थियो ।

त्यस्तै अर्को खेलमा फ्रान्कफर्टले घरेलु मैदानमा मार्सेलाई २-१ ले पराजित गर्यो । यस नतिजाले समूहको अघि बढ्ने समिकरण एकदम खुला बनाएको छ ।

टोटेनहम ५ खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ । लिस्बन र फ्रान्कफर्टको समान ७-७ अंक छ भने मार्सेको ५ खेलमा ६ अंक छ । सबै टोलीको शीर्ष स्थानमा पुग्ने सम्भावना रहेको यस समूहमा अब अन्तिम खेलको नतिजाले नकआउट चरण पुग्ने टोलीको छिनोफानो हुनेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.