default_image

2 years ago

October 27, 2022

फाइनल व्हिसलपछि पाएको पेनाल्टी चुकाउँदा एट्लेटिको बाहिरियो

107 views

0 Bookmark

एजेन्सी – खेल सकिएपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले दिएको पेनाल्टीमा यान्निक कारास्कोले गोल गर्न नसक्दा स्पेनिस क्लब एट्लेटिको मड्रिड च्याम्पियन्स लिगमा जितबाट वञ्चित हुँदै युइएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।

जित निकाल्दै समूह चरण पार गर्ने सम्भावना कायम राख्न डटेको एटलेटिको बायर लिभरकुसनसँग २–२ गोलको बराबरीमा रोकिएपछि समूह चरणबाटै बाहिरिन पुग्यो । लिभरकुसनलाई हराउन सकेको भए एट्लेटिकोले शीर्षस्थानमा रहेको क्लब ब्रुगसँग ३ र एफसी पोर्टोसँग २ अंकको अन्तर राख्दै अन्तिम खेलबाट समूह चरण पार गर्ने छिनो फानो लाग्ने थियो । तर, बराबरीमा रोकिएसँगै एट्लेटिको समूह चरणबाटै बाहिरिन बाध्य बन्यो ।

अब एट्लेटिकोले अन्तिम खेलमा जित निकालेपनि अघिल्लो चरण पुग्न पर्याप्त हुनेछैन । एट्लेटिकोले अन्तिम खेलमा पोर्टाेसँग १ नोभेम्वरमा खेल्दैछ ।

वान्डा मेट्रोपोलिटानोमा बुधबार राति भएको खेलको नवौं मिनेटमा मोउसा डियावीको गोलबाट बायर लिभरकुसनले अग्रता लिएको थियो । २२औं मिनेटमा यान्निक कारास्कोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । २९औं मिनेटमा कलुम हड्सन ओडोइले गोल गर्दै लिभरकुसनलाई पुनः २–१ को अग्रता दिलाए । ५०औं मिनेटमा रोड्रिगो डि पउलले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा एटलेटिकोले कर्नर पाएको थियो । उक्त कर्नरमा गोल हुन सकेन र रेफ्रीले खेल सकिएको सिठी फुके । तर कर्नरका दौरान भएको ह्यान्ड बललाई भीएआरमा हेर्दै रेफ्रीले पेनाल्टी प्रहारको निर्णय दिएपछि निकैबेर विवाद भएको थियो ।

एटलेटिकोका लागि करास्कोले गरेको पेनाल्टी प्रहार ह्रादेच्कीले बचाए । उक्त बचाउबाट आएको रिबाउन्डमा साउल निगुएजको हेडरले क्रसबारमा लागेको थियो । त्यसमा आएको रिबाउन्डमा रेइनिल्दोको प्रहार आफ्नै खेलाडीलाई लाग्दै बाहिरियो ।

यही समूह ‘बी’ को अर्काे खेलमा शीर्ष स्थानमा रहेको क्लब ब्रुगलाई एफसी पोर्टाेले ४–० ले पराजित गर्दै नकआउट चरणमा छनोट हुन सफल भएको छ । पोर्टाेको जितमा मेधी तारेमीले दुई तथा इभानिल्सन र स्टेफनले समान एक गोल गरे ।

यस नतिजासँगै पोर्टाेले ५ खेलबाट ९ अंक जोड्दै अर्को चरणको यात्रा पक्का गर्यो । पराजित क्लब ब्रुग १० अंक जोडेर शीर्षमा यथावत रहेको छ । एट्लेटिको ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा छ भने लिभरकुसन ४ अंक जोडेर पुछारमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.