default_image

1 year ago

October 27, 2022

बसेरीलाई शेरङ ज्यो कप फुटबल उपाधि

सिन्धुपाल्चोक (हाम्रो खेलकुद) – आयोजक बसेरी युवा क्लब ‘ए’ टोलीले १४औं शेरङ ज्यो कपको उपाधि जितेको छ । मेलम्ची नगरपालिका वडा नम्बर ४ थकनी बसेरीमा सम्पन्न फाइनलमा मेलम्ची नगरपालिका वडा नम्बर ११ को सोलोङ एकता समाज क्लबलाई ४–० ले पराजित गर्दै आयोजक बसेरीले उपाधि आफ्नै घरमा राख्न सफल भएको हो । उपाधिसँगै बसेरीले ५० हजार […]

105 views

0 Bookmark

सिन्धुपाल्चोक (हाम्रो खेलकुद) – आयोजक बसेरी युवा क्लब ‘ए’ टोलीले १४औं शेरङ ज्यो कपको उपाधि जितेको छ ।

मेलम्ची नगरपालिका वडा नम्बर ४ थकनी बसेरीमा सम्पन्न फाइनलमा मेलम्ची नगरपालिका वडा नम्बर ११ को सोलोङ एकता समाज क्लबलाई ४–० ले पराजित गर्दै आयोजक बसेरीले उपाधि आफ्नै घरमा राख्न सफल भएको हो ।

उपाधिसँगै बसेरीले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सोलोङ एकता समाज क्लबले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो ।

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

April 14, 2024

लेभरकुसनलाई पहिलोपटक बुन्डेसलिगा उपाधि

एजेन्सी – जाभी अलोन्सोको प्रशिक्षणमा रहेको बायर लेभरकुसनले क्लब इतिहासमा पहिलोपटक बुन्डेसलिगाको उपाधि जितेको छ । आईतबार वेर्डर ब्रेमन माथि ५-० को सहज जित संगै लेभरकुसनको पहिलो लिग उपाधि पक्का भएको हो । लेभरकुसनको जितमा फ्लोरियन विर्ट्जले ह्याट्रिक पूरा गरे भने भिक्टर बोनिफेशले र ग्रानिट झाकाले खेलमा एक-एक गोल गरे । ९०औं मिनेटमा विर्ट्जले गोल […]

April 14, 2024

उपाधि आकांक्षी लिभरपुल स्तब्ध

एजेन्सी – प्रशिक्षक योर्गन क्लपको अन्तिम सिजनको सुखद अन्त्य गर्ने आशामा रहेको लिभरपुलको उपाधि आकांक्षामा धक्का लागेको छ । पछिल्लो हप्ता म्यानचेस्टर युनाइटेड विरुद्ध बराबरी खेलेको लिभरपुल आज भने क्रिस्टल प्यालेस विरुद्ध पराजित भएको हो । क्रिस्टल प्यालेसले लिभरपुलकै घरेलु मैदानमा १-० को जित हासिल गरेको हो । प्यालेसको जितमा एबेरिचे एजेले खेलको १४औं मिनेटमा […]

Success

Thank you for your time.