default_image

2 years ago

October 28, 2022

युरोपा लिगमा आर्सनलको पहिलो हार

110 views

0 Bookmark

एजेन्सी – युइएफए युरोपा लिगमा इंग्लिस क्लब आर्सनलले पहिलो हार बेहोरेको छ । आर्सनल डच क्लब पिएसभी इन्डोभेनसँग २–० ल पराजित भएको हो ।

घरेलु टोली पिएसभी इन्डोभेनको जितमा जोए भिरमन र लुक डि जोङले गोल गरे । फिलिस्प स्टेडियम इन्डोभेनमा बिहीबार राति भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको ५६औं मिनेटमा जोए भिरमनले गोल गर्दै पिएसभीलाई १–० को अग्रता दिलाए । त्यसपछि ६३औं मिनेटमा लुक डि जोङले कोडी गाक्पोको पासमा गोल गर्दै आर्सनललाई २–० को हार चखाए । यसअघिको सबै चार खेलमा आर्सनलले जित निकालेको थियो ।

यस जितसँगै इन्डोभेन समूह ‘ए’ मा ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित आर्सनल १२ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ ।

यही समूहको अर्काे खेलमा एफसी जुरिचले बोडो ग्लिम्टलाई २–१ ले पराजित गरेको छ । यस पहिलो जित निकालेसँगै जुरिचले ५ खेलबाट ३ अंक जोडेको छ । टोली अझैपनि पुछारमा छ । पराजित बोडो ग्लिम्ट ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.