default_image

2 years ago

October 31, 2022

बार्सिलोना छाड्ने स्पेनिस युवा स्टारको संकेत

212 views

0 Bookmark

एजेन्सी – स्पेनिस युवा स्टार अन्सु फातीले क्याटलान क्लब बार्सिलोना छाड्ने संकेत गरेका छन् । पर्याप्त खेल्ने समय नपाएको भन्दै फाती बार्सिलोना छाड्न तयार देखिएका हुन् ।

एजेन्ट जर्ज मेन्डेसले फातीलाई बार्सिलोनामा पर्याप्त समय खेल्न दिनुपर्ने बताउँदै त्यसो हुन नसके फातीले क्लब छाड्ने चेतावनी दिएका छन् । फातीले खेल्ने समयलाई लिएर उनी आफैं र एजेन्ट मेन्डेस क्लबसँग सन्तुष्ट नरहेको बुझिएको छ । तर, यस विषयमा बार्सिलोनाले केही बोलेको छैन ।

१९ वर्षीय फातीको रिलिज क्लज ८६८ मिलियन पाउन्ड रहेकाले उनी बस्नेमा क्लब ढुक्क छ । बार्सिलोनाले यस सिजन खेलेका ११ लिग खेलमा फातीले मात्र दुई खेलमा सुरुवाती रोजाईमा मौका पाएका छन् । यस सिजन फातीले १६ खेलमा मैदान उत्रदा तीन गोल गरेका छन् भने तीन गोलको अवसर सिर्जना गरेका छन् ।

फातीले अघिल्लो सिजनको भन्दा बढी गोल गरिसकेका छन् । सन् २०२० मा स्पेनबाट डेब्यु गरेका उनले चार क्याप समेत जितेका छन् । उनी युरोपेली क्लब फुटबलमा युवा स्टारको रुपमा देखिएको थियो । तर, चोटका कारण उनले अपेक्षाकृत प्रदर्शन गर्न सकेका छैनन् ।

बार्सिलोना यस सिजन पनि च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिसकेको छ । बार्सिलोना लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको छ । टोली स्पेनिस ला लिगामा रियल म्याड्रिडसँग ३ अंकले पछि रहँदै दोस्रो स्थानमा रहेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.