2 years ago
October 29, 2022
एजेन्सी – लेस्टरलाई हराउँदै म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । सिटीले शनिबार भएको खेलमा लेस्टरलाई १–० ले हराएको थियो ।
केभिन डि ब्रुएनेको गोलमा सिटीले जित हासिल गरेको छ । ४९ औं मिनेटमा डि ब्रुएनेले फ्रिकिकले गोल गरेका थिए । जितसँगै सिटी २९ अंकका साथ शीर्षस्थानमा उक्लेको छ । १ खेल कम खेलेको आर्सनल दोस्रो स्थानमा पुगेको छ । आर्सनलको २८ अंक छ ।
खुट्टाको चोटका कारण स्टार फरवार्ड इर्लिङ हालान्डविना सिटी लेस्टरविरुद्ध उत्रेको थियो । साताको मध्यमा बोरुसिया डर्टमन्डविद्धको खेलका दौरान हालान्डको खुट्टामा चोट लागेको थियो । प्रिमियर लिगमा शनिबार अन्य ६ खेल हुनेछन् ।
प्रिमियर लिगमा शनिबारका खेल
खेल नेपाली समय
एएफसी बोर्नमाउथथविरुद्ध टोटेनहम, साँझ ७ः४५ बजे
ब्रेन्टफोर्डविरुद्ध उल्भरह्याम्टन वान्र्डरर्स, साँझ ७ः४५ बजे
ब्राइटन एन्ड होभ अल्बियोनविरुद्ध चेल्सी, साँझ ७ः४५ बजे
क्रिस्टल प्यालेसविरुद्ध साउथह्याम्टन, साँझ ७ः४५ बजे
न्यूक्यासलविरुद्ध एस्टनभिल्ला, साँझ ७ः४५ बजे
फुलहमविरुद्ध एभर्टन राती, १०ः१५ बजे
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई ४-१ ले हराएको छ। जारी लिगमा पुलिसले वालिङलाई हराएको यो तेस्रो पटक हो। एन्फा कम्प्लेक्समा भएको खेलको १५औं मिनेटमा पुलिसले अग्रता बनायो। कप्तान निरु थापाले उत्कृष्ट शैलीमा बललाई कन्ट्रोल गर्दै हानेको भली प्रहार सुन्दर गोलमा परिणत भयो। कमजोर वालिङ विरुद्ध […]
January 13, 2025
सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]