default_image

2 years ago

October 30, 2022

बार्सिलोना शीर्षस्थानमा उक्लियो

160 views

0 Bookmark

एजेन्सी – भ्यालेन्सियामाथि १–० को झिनो जित निकालेपछि रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।

पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले अन्तिम समयमा गोल गरेपछि बार्सिलोनाले महत्वपुर्ण जित निकाल्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।

भ्यालेन्सियामा शनिबार राति भएको खेलमा पाहुना टोलीले बल पोसेसन राख्दै घरेलु टोली भ्यालेन्सियालाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

२३औं मिनेटमा अन्सु फातीले गोल गरेपनि अफसाइड ठहरिदा गोलले मान्यता पाएन । ४४औं मिनेटमा जोर्डी अल्वाको क्रसमा लेवान्डोस्कीको हेडर पोलमा लागेर फर्कदा बार्सिलोना अग्रता लिनबाट चुक्यो ।

५०औं मिनेटमा सामुइल डियास लिनोले गोल गरेपनि भिएआरमा हातले बल छोएको देखिदा गोलले मान्यता नपाउँदा भ्यालेन्सिया अग्रता लिनबाट चुक्यो ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई जितसहित महत्वपूर्ण ३ अंक दिलाए । उनले राफिन्हाको क्रसलाई वान टचमा सुन्दर फिनिस गरेका थिए ।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको बार्सिलोनाको १२ खेलबाट ३१ अंक पुगेको छ । समान ३१ अंक नै रहेपनि एक खेल कम खेलेको रियल गोल अन्तरमा पछि परेको हो । पराजित भ्यालेन्सिया १२ खेलबाट १५ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

रियलले आज साँझ घरेलु मैदानमा जिरोनासँग खेल्दैछ । यस खेलमा सफलता हात पारे रियल पुनः स्पष्ट ३ अंकको अग्रतासहित शीर्षस्थानमा उक्लनेछ । रियल यो सिजन ला लिगामा अपराजित छ । रियलले ११ खेलमा १० जित र १ बराबरीको नतिजा निकालेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.