default_image

2 years ago

October 30, 2022

लिभरपुल स्तब्ध, टोटेनहमको सानदार पूनरागमान जित

95 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुल घरेलु मैदानमा लिड्स युनाइटेडसँग स्तब्ध बन्दा टोटेनहम हटस्परले सानदार पूनरागमन जित निकालेको छ ।

लिभरपुल लिड्ससँग २–१ ले स्तब्ध बनेको हो । लिभरपुललाई स्तब्ध पार्न लिड्सका रोड्रिगो र क्रिसेन्सियो समरभिलले गोल गरे । लिभरपुलका मोहम्मद सलाहले एक गोल फर्काए ।

एनफिल्डमा शनिबार राति भएको खेलको चौथो मिनेटमा रोड्रिगोको गोलबाट लिभरपुल खेलमा पछि परेको थियो । जोसेफ गोमेजले दिएको ब्याक पासमा गोलरक्षक एलिसन बेकर झुकिन पुग्दा रोड्रिगोले खाली पोस्टमा गोल गरेका थिए ।

१४औं मिनेटमा सलाहले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले एन्ड्रिउ रोबर्टसनको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि बराबरीतर्फ धकेलिएको खेलको अन्तिम समयमा क्रिसेन्सियो समरभिलले गोल गर्दै लिभरपुललाई २–१ ले स्तब्ध पारे । उनले प्याट्रिक बामफोर्डको पासमा गोल गर्न सफल भएका थिए ।

यस नतिजासँगै लिड्स १२ खेलबाट १२ अंक जोडेर १५औं स्थानमा उक्लिएको छ । पराजित लिभरपुल १६ अंक जोडेर नवौं स्थानमा झरेको छ ।

अर्काे खेलमा टोटेनहमले बर्नमाउथसँग २–० ले पछि परेको स्थिति उल्ट्याएर ३–२ को सानदार पूनरागमन जित निकालेको छ ।बर्नमाउथका काइफर मुरले दुई गोल गर्दा टोटेनहमका रायन सेसेगनन, बेन डेभिस र रोड्रिगो बेन्टानकरले गोल गरे ।

यस जितसँगै टोटेनहम १३ खेलबाट २६ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । पराजित बर्नमाउथ १३ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

अर्काे खेलमा न्यूक्यासल युनाइटेडले एस्टन भिल्लालाई ४–० को भारी अन्तरले पराजित गरेको छ । क्रिस्टल प्यालेसल साउथह्याम्टनलाई १–० ले हराउँदा ब्रेन्टफर्ड र वल्भ्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.