default_image

2 years ago

October 30, 2022

कप्तान एन्जिला आई लिग क्लब सेथुमा आबद्ध

212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा भारतीय (आई) महिला लिग टोली सेथु एफसीमा आबद्ध भएकी छिन् । उनले केहि दिन अघि क्लबसँग सम्झौता भएको बताइएकी छिन् ।

घरेलु राष्ट्रिय महिला लिगको दोस्रो राउन्ड सुरु नभएको खण्डमा डिसेम्बरमा भारत जाने पनि एन्जिलाले बताएकी छिन् । सेथुसँग व्यवसायिक रुपमा आबद्ध हुने उनी तेस्रो खेलाडी बनेकी छिन् । यसअघि राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ र मिडफिल्डर अनिता बस्नेतले पनि सोही क्बलबाट खेलिसकेका छन् । तीनै खेलाडी एपिएफबाट खेल्नेछन् ।

सावित्रा पछिल्लो केहि वर्षयता गोकुलम एफसीमा आबद्ध छिन् । आइ लिग खेल्ने पनि एन्जिला तेस्रो महिला खेलाडी बन्नेछिन् । सेथमा उनले एक वर्षको सम्झौता गरेको बताइएको छ । एन्जिलाले दुई वर्षअघि पाकिस्तानी क्लबबाट लिग खेलेकी थिइन् । यद्दपी फिफाले पाकिस्तानमाथि प्रतिबन्ध लगाएपछि लिग बीचमै स्थगित भएको थियो ।

एन्जिलाले सेथुबाट खेल्दा अनुभव बटुल्न राम्रो मौका मिल्ने विश्वास लिएकी छिन् । ‘पहिलो पटक यस्तो राम्रो मौका पाउँदा खुसी छु । मैले रम्रो गर्न सकेन भने आउने जितका लागि पनि अवसर मिल्न सक्छ,’ उनले भनिन्, ‘आफ्नोतर्फबाट राम्रो गर्न प्रयास गर्नेछु । यसले थप अनुभव लिन मौका मिल्नेछ ।’

घरेलु फुटबलमा खासै धेरै चुनौतीको सामना गर्नु नपरेको अनुभव सुनाउँदै उनले थपिन्, ‘यहाँ त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसँग खेल्दा हो अलि अलि बल आउने । जिल्लासँग खेल्दा त्यो पनि आउँदैन । ममा खेल अनुभवको अझै कमी छ भन्ने लाग्छ । त्यसलाई आई लिगबाट बटुल्ने मौका मिल्ने आशा छ ।’

गत महिना उनकै कप्तानीमा नेपालले घरेलु मैदानमा साफ च्याम्पियनसिप खेलेको थियो । भारतलाई हराउँदै फाइनल पुगेको नेपाल बंगलादेशसँग पराजित भएर उपाधिबाट विमुख भएको थियो । उनको जिवनीमा आधारित अन्जिला फिल्म निर्माण गर्ने घोषणा पनि गत वर्ष भएको थियो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.